इङ्गल्यान्डसँग युरो जित्ने याेभन्दा राम्रो अवसर हुँदैन

इङ्गल्यान्डसँग युरो जित्ने याेभन्दा राम्रो अवसर हुँदैन


लण्डन । लण्डनकाे वेम्ब्ली स्टेडियमा हिजाे म‌ङ्गलबार साँझ भएकाे नकअआउट खेलमा इङ्गल्यान्डले जर्मनीलाई ० काे विरुद्ध २ गाेलकाे अन्तरले हराएर क्वार्टरफाइनलमा पुगेकाे छ । समूह ए पछिलेलाे चरणमा क्रोएसिया र चेक गणतन्त्र बिरूद्ध गोल गर्ने म्यान्चेस्टर क्लबका स्टार खेलाडी स्टर्लिंगले हिजाे भएकाे जर्मनीसँगकाे खेलमा ७५ मिनेट पछि गाेल हानेर स्टेडियमा भएका ४०,००० भन्दा बढी इङ्गल्यान्डका प्रशंसकहरूसहित इङ्गल्यान्डका समस्त खेलप्रेमीहरुलाई उल्लासपूर्ण वातावरणमा पुर्याए । यो खेल चार मिनेटपछि अर्को महत्वपूर्ण क्षणको साथ इङ्गल्यान्डकाे जीत सुरक्षित भएको थियो, जब कप्तान ह्यारी केनले युरो २०२० को पहिलो गोलको लागि प्रतिस्थापित जैक ग्रेलीशको सही पासलाई हेड गरेर दाेस्राे गाेल गरे। इङ्गल्यान्डले अब युक्रेनसँग युराे २०२० क्वार्टर फाइनलमा शनिबार रोमको ओलम्पिक स्टेडियममा ८ बजे राति खेल्नेछ र दर्शकहरुले बेलायतमा बीबीसी वन र बीबीसी आईप्लेयरमा प्रत्यक्ष हेर्न सक्नेछन्।

इङ्गल्यान्डका म्यानेजर ग्यारेथ साउथगेटले खेलकाे अन्तिममा बीबीसी टीभीलाई बोल्दै भने: ‘म धेरै खुशी छु। म स्टेडियममा राखिएकाे ठूलो पर्दा हेर्दै थिएँ र डेभिड सिमान [ जाे १९८१ बाट २००४ सम्म ग्यारेथका साथ खेल्ने गाेलकिपर थिए ] लाई त्यहाँ देखेको थिएँ। मेरो युरो ९६ मा सँगै खेलेका टोलीका साथीहरूका मेराे कारणले भएकाे हारकाे चाेटका लागि म अहिलाे त्यो सच्याउन सक्दिन। [उक्त जर्मनीको बिरूद्धकाे सेमिफाइनलमा ग्यारेथले पेनाल्टी मिस गरेका थिए ] यसले सँधै चोट पुर्याउने नै छ, तर याे राम्राे कुरा हो कि हामीले अब मानिसहरूलाई साे घटना बिर्सिनको लागि आज अर्को दिन दिएका छौं र अब रोममा अझ राम्राे गर्नुपर्छ।’

१९६६ को विश्वकप फाइनलपछि इङ्गल्यान्डले जर्मनीलाई वेम्ब्लीमा प्रतिस्पर्धी खेलमा हराएकाे थियाे जाे इङ्गल्यान्डका लागि अभूतपूर्व सफलता थियाे। आखिरमा अर्थात् ५५ वर्षपछिकाे याे महत्वपूर्ण जीत थियाे जसकाे खुशियाली राजकुमार विलियमसहित प्रधानमन्त्री बाेरिस जाेन्सनले उफ्रिएर मनाएका टीभीका समाचारहरुमा देखाइएका थिए ।