युरोकप २०२० : इङ्गल्याण्ड, डेनमार्क, स्पेन र इटाली सेमिफाइनलमा

युरोकप २०२० : इङ्गल्याण्ड, डेनमार्क, स्पेन र इटाली सेमिफाइनलमा


इङ्गल्याण्ड, डेनमार्क, स्पेन र इटाली युरोकप २०२० को सेमिफाइनलमा प्रवेश गरेका छन् । इङ्ग्ल्याण्डले युक्रेन र डेनमार्कले चेक रिपब्लिक, स्पेनले बेल्जियम र इटालीले स्वीट्जरल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा पराजित गर्दै आफ्नो स्थान पक्का गरेका हुन् ।

क्वाटर फाइनलको पहिलो खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । दुवै टोलीबीच निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । स्पेनका खेलाडी डेनिस जकारियाले आठौँ मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए पनि दोश्रो हापको ६८औँ मिनेटमा स्वीटजरल्याण्डका तर्फबाट शाकिरीले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काएका थिए । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा स्पेनले स्वीट्जरल्याण्डलाई ३–१ को अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा स्वीट्जरल्याण्ड तीन खेलाडी गोल गर्न असफल भएका थिए ।

त्यस्तै, दोश्रो क्वाटर फाइनल इटाली र बेल्जियमबीच भएको थियो । निकै सनसनीपूर्ण र प्रतिस्पर्धात्मक खेलमा इटालीले बेल्जियमलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । इटालीले पहिलो हापमै दुई गोल गरेको थियो । बेल्जियमका रोमेलु लुकाकुले दोश्रो हापमा गोल गर्दै खेलमा फर्कने कोशिस गरे पनि आफ्नो टीमलाई विजय दिलाउन सफल भएका थिए । सेमिफाइनलसम्मको यात्रा तय गर्दा इटाली अहिलेसम्म अपराजित रहेको छ । इटालीको यही शानदार प्रदर्शनका कारण युरोकप २०२० को प्रमुख दाबेदारको रूपमा हेरिएको छ ।

यसैगरी तेस्रो क्वाटर फाइनलको भीडन्त डेनमार्क र चेक रिपब्लिक बीच भएको थियो । दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिममा डेनमार्कले बाजी मा¥यो । निर्धारित ९० मिनेटमा डेनमार्कले चेकलाई २–१ को अन्तरले पराजित गरेको थियो । डेनमार्कको तर्फबाट थोमस डेलाने र केस्पर डोलबर्ग र चेकको तर्फबाट प्याट्रिक स्किकले गोल गरेका थिए । चेकले पहिलो गोल गर्दै १–० सुन्यको अग्रता लिए पनि अन्तिममा लयमा फर्किएको डेनमार्कले दुई गोल गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई दोह¥याएको थियो । डेनमार्कले एक पटक युरोकपको उपाधि जितिसकेको छ ।

त्यस्तै, चौथो तथा अन्तिम क्वाटर फाइनल खेल इङ्गल्याण्ड र युक्रेनबीच भएको थियो । युरोकपको प्रमुख दाबेदार इङ्गल्याण्डले सहजै जित्ने अड्कल काटिएको उक्त खेलमा इङ्गल्याण्डले सोचेअनुरुपकै उत्कृष्ट प्रदर्शन गर्दै युक्रेनलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

खेलको शुभारम्भमै इङ्गल्याण्डका कप्तान हेरी केनले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका थिए । खेलमा पूरै दबदबा बनाएको इङ्गल्याण्डले बाँकी तीन गोल दोश्रो हापमा गरेको थियो । दोश्रो हापको तेस्रो मिनेटमै इङ्गल्याण्डले दोश्रो गोल गरेको थियो । पाँचौँ मिनेटमा पुनः कप्तान केनले ब्यक्तिगत दोश्रो गोल गर्दै इङ्गल्याण्डलाई ३–० ले अग्रता दिलाए । युक्रेनलाई खेलमा फर्किनै नदिएको इङ्गल्याण्डले ६३औँ मिनेटमा चौथो गोल गर्दै सेमिफाइनमा आफ्नो स्थान पक्का गरेको थियो ।

युरोकप २०२० का कुनै पनि खेलमा इङ्गल्याण्ड पराजित भएको छैन । साथै क्वाटर फाइनलसम्मको समिकरणसम्ममा विपक्षीको पोस्टमा आठ गोल गरेको इङ्गल्याण्डले अहिलेसम्म एक गोल पनि खाएको छैन । युरोकप २०२० को फाइनलको संज्ञा दिएको इङ्गल्याण्ड र जर्मनीबीचको प्रीक्वाटर चरणको खेलमा इङ्गल्याण्डले तीनको पटकको युरोकप विजेता जर्मनीलाई ३–० ले पराजित गरेको थियो । इङ्गल्याण्डले भने अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन ।

अब सेमिफाइनलको पहिलो भिडन्त ७ जुलाई अर्थात् असार २४ गते बिहीबार स्पेन र इटालीबीच हुनेछ । त्यस्तै, दोश्रो सेमिफाइनल ८ जुलाई अर्थात असार २५ गते शुक्रबार इङ्गल्याण्ड र डेनमार्कबीच हुनेछ । सेमिफाइनलका विजेता दुई टोलीले १२ जुलाईमा फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।