इंग्ल्याण्ड पच्पन्न वर्षपछि फेरि फाइनलमा

इंग्ल्याण्ड पच्पन्न वर्षपछि फेरि फाइनलमा


लण्डन । इंग्ल्याण्डले पछिल्लोपटक सन् १९९६ जुलाइमा सेमी फाइनलमा लण्डनको वेम्ब्ली स्टेडियममा जर्मनीसँग खेलेको थियो, जसमा वर्तमान इंग्ल्याण्ड म्यानेजर ग्यारेथ साउथगेटले पेनाल्टी मिस्ड गरेकोले फाइनलमा पुग्न सकेको थिएन, तर हिजो भएको सेमीफाइनलमा सोही स्टेडियममा उनै ग्यारेथ साउथगेटको म्यानेज्मेन्टमा इंग्ल्याण्डले १ को विरुद्ध २ गोल गरेर फाइनलमा पुगेको छ । पछिल्लोपटक सन् १९६६को जुलाइमा पोर्चुगोललाई १ को विरुद्ध २ गोल गरेर इंग्ल्याण्ड फाइनलमा पुगेको थियो ।

इंग्ल्याण्डमा सबैलाई एकजुट गर्न सक्ने फुटबल खेल पच्पन्न वर्षपछि फेरि उच्चतामा पुगेको छ । नयाँ पुस्ताहरुको सहभागितामा योपालि इंग्ल्याण्डले युरो कप जित्न सक्ने प्रवल सम्भावना रहेको छ । आउँदो आइतबार, ९०,००० सिट क्षमता भएको वेम्ब्ली स्टेडियममा महामारीको प्रकोपलाई ध्यानमा राखी ६०,००० दर्शकहरुले सेमी फाइनलमा जस्तै प्रत्यक्ष अवलोकन गर्न पाउने उक्त फाइनल खेल इंग्ल्याण्डका विभिन्न शहरहरु ठूला पर्दाहरुमा देखाइने छ ।

डेनमार्कलाई सेमीफाइनलमा हराएर इतिहास बनाइसकेको इंग्ल्याण्डलाई आइतबार हुने फाइनल खेलमा इटालीलाई हराउन धेरै नै मुश्किल पर्ने देखिन्छ तर लकले साथ दिँदै आएकोले इंग्ल्याण्डले फाइनल जित्न सक्ने पनि आशा पनि राख्न सकिन्छ ।