कोपा अमेरिका कप : अर्जेन्टिनाको अट्ठाइसवर्षे प्रतीक्षाको सुखद अन्त्य

कोपा अमेरिका कप : अर्जेन्टिनाको अट्ठाइसवर्षे प्रतीक्षाको सुखद अन्त्य



कोपा अमेरिका कपको फाइनल प्रतियोगितामा ब्राजिललाई १–० ले हराउँदै अजेन्टिनाले ट्रफी आफ्नो पोल्टामा पारेको छ । अर्जेन्टिनाका खेलाडी एन्जेल डी मारियाद्वारा खेलको २२औँ मिनेटमा गरिएको एक गोल नै प्रतियोगिताको निर्णायक गोल बन्न पुग्यो ।

रियो-डी जेनेरियोको माराकाना स्टेडियममा हात लागेको यो विजयसँगै अर्जेन्टिनाले आफ्नो २८ वर्षदेखिको प्रतीक्षाको सुखद अन्त्य गरेको छ भने ब्राजिलको लागिचाहिँ आफ्नै होम ग्राउण्डमा भएको यो हार बज्रपातसरह हुन पुगेको छ ।

यस जितसँगै लियोनल मेस्सीको कप्तानीमा कुनै ठूलो खेल-उपाधि हासिल गर्ने अर्जेन्टिनाको सपना पूरा भएको छ । अर्जेन्टिनाको निम्ति मात्र नभइ स्वयम् फुटबल सुपरस्टार मेस्सीका लागि पनि यो जित विशेष बन्न पुगेको छ ।