एस्ले बार्टीले चुमिन् विम्बल्डनको उपाधि

एस्ले बार्टीले चुमिन् विम्बल्डनको उपाधि



विश्व नम्बर एक अष्ट्रेलियन खेलाडी एस्ले बार्टीले विम्बल्डन टेनिस ग्य्राण्डस्ल्यामको महिला एकल उपाधि जितेकी छन् । बार्टीले चेक गणतन्त्रकी केरोलिना प्लिस्कोवालाई फाइनलमा पराजित गरेकी हुन् । तीन सेटसम्म चलेको फाइनल खेलमा बार्टीले प्लिस्कोवालाई ६–३, ७–६ र ६–४ पराजित गर्दै उपाधिमाथि कब्जा जमाएकी हुन् ।

बार्टीले पहिलो सेट सहजै जितेपछि दोश्रो सेटमा पनि ६–५ को अग्रता बनाएकी थिइन् । तर प्लिस्कोवाले बार्टीको सर्भिस ब्रेक गरेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेकी प्लिस्कोवाले अन्तमा दोश्रो सेट आफ्नो पक्षमा पारिन् । निर्णायक सेट दुवै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि बाजी भने बार्टीले मारिन् ।

बार्टीको यो दोश्रो ग्य्राण्डस्ल्याम उपाधि हो । बार्टीले यसअघि सन् २०१९ मा फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी थिइन् । अष्टे«लियन महिला खेलाडी इवोने गूलागोङ्गले सन् १९८० मा पहिलो पटक विम्बल्डनको उपाधि जितेकी थिइन् । बार्टी गुलागोङ्गलाई आफ्नो प्रेरणा मान्छिन् ।

२५ वर्षीया बार्टी एक दशक पहिले विम्बल्डन जुनियर च्याम्पियन बनेकी थिइन् । सन् २०१४ मा ब्यक्तिगत कारण देखाउँदै बार्टी दुई वर्ष ब्यावसायिक टेनिसबाट टाढा रहिन् । यो दुई वर्षमा बार्टीले व्यावसायिक क्रिकेट खेल्न थालिन् । तर क्रिकेटमा सोचेको जस्तो प्रदर्शन गर्न नसकेपछि उनी पुनः टेनिसमा फर्किएकी थिइन् ।

विश्व वरियता क्रममा आठौँ स्थानमा रहेकी प्लिस्कोवा यसअघि सन् २०१६ मा अमेरिकी ओपनको फाइनल पुगेकी थिइन् । दुवै पटक उनले उपविजेतामा चित्त बुझाउनु प¥यो ।

सन् २०१२ पछि पहिलो पटक विम्बल्डनको महिला एकल फाइनलको भिडन्त तीन सेटमा पुगेको हो । त्यस्तै सन् १९७७ पछि पहिलो पटक विम्बल्डनको क्वाटर फाइनलसम्म पनि नपुगेका महिला खेलाडीले फाइनलमा भीडन्त गरेका थिए । यसअघि यी दुवै खेलाडी विम्बल्डनको चौथो चरणसम्म पुग्न सफल भएका थिए ।