विश्व नम्बर एक टेनिस खेलाडी नोवाक जोकोविचले विम्बल्डन टेनिसको उपाधि जितेका छन् । जोकोविकले फाइनलमा इटालीका म्याटियो बेरेटिनीलाई चार सेटमा पराजित गर्दै उपाधिमाथि कब्जा जमाएका हुन् ।
३ घण्टा २३ मिनेटसम्म चलेको भिडन्तमा जोकोविकले बेरेटिनीलाई चार सेट ६–७, ६–४, ६–३ र ६–४ को अन्तरले पराजित गदै आफ्नो खेल जीवनमा २०औँ ग्य्राण्डको उपाधि जितेका हुन् ।
जोकोविकको यो छैठौँ बिम्वल्डनको उपाधि हो । २०२१ को बिम्वल्डनको उपाधि जितेपछि सवैभन्दा बढी ग्य्राण्डस्ल्याम जित्ने पुरुष खेलाडीसंग जोकोविकले बराबरी गरेका छन् । यसअघि २० वटा ग्य्राण्डस्ल्यामको उपाधि जितेर स्वीट्जरल्याण्डका रोजर फेडरर र स्पेनका राफेल नाडाले कीर्तिमान बनाएका थिए ।
जोकोविकको यो ३०औँ ग्य्राण्डस्ल्याम फाइनल हो । जस्मा उनले २० वटामा विजय हासिल गरेका छन् । सन २०२० को विम्बल्डनको उपाधि पनि जोकोविकले जितेका थिए ।
प्रतिक्रिया