१४औँ साग पाकिस्तानमा गर्ने काउन्सिलको निर्णय

१४औँ साग पाकिस्तानमा गर्ने काउन्सिलको निर्णय



साउथ एसियन ओलम्पिक काउन्सिलको हालै बसेको भर्चुअल बैठकले १४औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आउँदो २०२३ मार्चमा पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

यसअघि नेपालमा सम्पन्न १३औँ सागको समापन समारोहमा पाकिस्तानले १४औँ सागको आयोजकको दाबी गरेपछि सागको झण्डा पाकिस्तानलाई हस्तान्तरण गरिएको थियो ।

आयोजक राष्ट्र स्वतः काउन्सिलको अध्यक्ष हुने ब्यवस्थाअनुसार पाकिस्तान ओलम्पिक कमिटीको अध्यक्षको अध्यक्षता बैठक बसेको हो । उक्त भर्चुअल बैठकमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सहभागिता जनाएका थिए ।

१४औँ सागमा २७ खेल समावेस गरिएको छ । साग पाकिस्तानका पाँचवटा मुख्य शहरमा आयोजना हुनेछ ।