प्रत्युस र रश्मिता उत्कृष्ट
नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअनुशार शाखा डोजो नक्सालको २२ वार्षिक उत्सवको अवसरमा आयोजित सातौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा विष्णुदेवी डोजो नेपाल टिम प्रथम र भारतीय टिम दोश्रो भएका थिए । त्यस्तै बेलौरी नगरपालिका कन्चनपुर ‘बेष्ट फेयर प्ले’ टिम र लालझाडी गाउपालिका कन्चनपुर उत्कृष्ट अनुशासित टिम घोषित भए ।
पुरुषतर्फ भारतका प्रत्युस सिंह र महिलातर्फ नक्साल डोजो नेपालकी रश्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भइन् भने उदयीमान खेलाडीको उपाधि आयोजक नेपालकी दिलाशा श्रेष्ठले हात पारिन् ।
विजेता खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्रविक्रम लाखे, महेशकुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय निर्णायक राजेन्द्र कपाली, अन्तर्राष्ट्रिय निर्णायक महेश रन्जित, ओलम्पियन दीपक बिष्ट, सोतोकान करातेका अध्यक्ष निवाश गोपाल बैध, आयोजक कमिटीका अध्यक्ष गजेन्द्रबहादुर खपाङ्गी , नेपाल सितोरियो कराते संघका कार्यालय प्रमुख राजेन्द्र क्षेत्री, १३औँ सागका दोहोरो स्वर्णविजेता मण्डेकाजी श्रेष्ठ, वरिष्ठ प्रशिक्षक दोर्जे लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।
उक्त कार्यक्रममा खेलकुद क्षेत्रमा विशिष्ठ योगदान पु¥याएबापत करातेका राजेन्द्र क्षेत्री, तेक्वाण्डोका प्रशिक्षक मनोज खड्गी, सोतोकान करातेका निवाश गोपाल वैद्य, करातेका अन्तर्राष्ट्रिय निर्णायक राजेन्द्र कपाली, करातेका राष्ट्रिय निर्णायक बद्रीकुमार खत्री, नक्साल डोजोका संस्थापक सदस्य प्रमिला खपाङ्गी, सोमलाल बलामी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू रश्मिता श्रेष्ठ, सोनम बलामी, आकाश पाल, उमेश गुरुङ, दिलाशा श्रेष्ठलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
करिव तीनसय खेलाडी सहभागी भएको उक्त प्रतियोगिता तीन दिनसम्म टेबलटेनिस कभर्डहल लैनचौरमा सञ्चालन भएको थियो ।
प्रतिक्रिया