विश्वभर हालसम्म तीन अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । खोप लगाएका उपल्ला दश देशको तथ्याङ्कअनुसारचीनमा एक अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज खोप लगाइएको छ भने भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्धको खोप लगाइएको एएफपीले जनाएको छ ।
यस्तै, अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ भने ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार १२५ डोज लगाइएको छ । बेलायतमा ८ करोड २१ लाख २७ हजार ३५५ डोज र जर्मनीमा ८ करोड ४२ लाख ३ हजार ४३३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
यसैगरी, फ्रान्समा ६ करोड २४ लाख ५८ हजार २४१ डोज, इटालीमा पाँच करोड ९९ लाख ६६ हजार ९०८ डोज, टर्कीमा ६ करोड १२ लाख ८१ हजार ७७३ डोज, र जापानमा ६ करोड ५१ लाख ८० हजार १७८ डोज खोप लगाइएको छ ।
प्रतिक्रिया