विश्वभर लगाइयो तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप

विश्वभर लगाइयो तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज खोप



विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्कअनुसार चीनमा एक अर्ब ४३ करोड ७६ लाख २३ हजार र भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज खोप लगाइएको छ ।

यस्तै, अमेरिकामा ३३ करोड ६० लाख ७१ हजार ६४० डोज, ब्राजिलमा ११ करोड ६४ लाख ८१ हजार ५२ डोज, जर्मनीमा ८ करोड ५६ लाख १५ हजार ४३० डोज, बेलायतमा ८ करोड २६ लाख ४९ हजार ३३१ डोज खोप लगाइएको एएफपीले जनाएको छ ।

यसैगरी, जापानमा ६ करोड ६७ लाख १४ हजार ५२८ डोज, फ्रान्समा ६ करोड ३३ लाख १९ हजार ८०५ डोज, टर्कीमा ६ करोड २९ लाख ६४ हजार २४१ डोज र इटालीमा ६ करोड ११ लाख २ हजार ९८७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।