इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा २४ को मृत्यु, ३१ घाइते



इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन् । देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाएका र ८३ जनालाई सकुशल उद्धार गरेका जनाइएको छ ।

बन्दरगाहनजिकै दुर्घटना भएका डुङ्गाहरु नियन्त्रणमा ल्याइसकिएको सम्बद्ध अधिकारीहरुले जानकारी दिएका छन् भने खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको सङ्ख्या अझ धेरै हुन सक्ने बताइएको छ ।

इन्डोनेसियामा सामुद्रिक आँधी बेलाबेलामा आइरहने र ठूलो मानवीय क्षति भइरहने गरेको छ ।