- जापान प्रतिनिधि
विश्व खेलकुद महाकुम्भको रुपमा चर्चित ओलम्पिक गेम्सको ३२औँ संस्करणको उद्घाटन समारोह शुक्रबार टोकियोस्थित ओलम्पिक रंगशालामा भएको छ ।
जापानी संस्कृतिअनुसारका झाँकी प्रदर्शन र आतिसबाजीसँगै प्रविधिको प्रयोगबाट उद्घाटन समारोहलाई भव्य बनाइएको थियो ।
जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल बाइडेन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको समारोहमा उपस्थिति रहेको थियो ।

जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा खेलाडी एवम् कलाकारहरुले जापानी सांस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन गरेका छन् । यो ओलम्पिकमा २०४ देश र शरणार्थी टिमका ११ हजार बढी खेलाडी सहभागी छन् ।
तस्बिर सौजन्य : टोकियो ओलम्पिक २०२०
प्रतिक्रिया