- जापान प्रतिनिधि
जारी टोकियो ओलम्पिक २०२० मा नेपाली खेलाडीको प्रस्तुति खेलकुदप्रेमीहरुको लागि आजसम्म खासै उत्साजनक रहन सकेन ।
यस पटक एथलेटिक्स खेलाडी सरस्वती चौधरी, जुडो खेलाडी सोनिया भट्ट, सुटिङ खेलकी कल्पना परियार, पौडीका एलेक्जेन्डर शाह र गौरिका सिंह सहित पाँच खेलाडीहरुले ओलम्पिकमा सहभागी हुने अवसर पाएका थिए । यी पाँचमध्ये तीन जना खेलको पहिलो चरणबाटै बाहिरिसकेका छन् ।

यसअघि बाहिरिएकाहरुमा जुडोकी सोनिया भट्ट, सुटिङकी कल्पना परियार र पौडीका एलेक्जेन्डर शाह रहेका छन् । अब बाँकी रहेका दुईमध्ये दुवै जना पदकको आशा गरिएका खेलाडी हुन् । यसमध्ये पौडीकी गौरिका सिंह आज (२८ जुलाई, बुधबार) प्रतियोगितामा सहभागी हुँदैछिन् भने दौडकी सरस्वतीको प्रदर्शन आगामी ३० तारिखमा हुनेछ ।
टोकियो ओलम्पिक २०२० मा सहभागी हुने महत्वपूर्ण अवसर प्राप्त गरेको भएता पनि हालसम्मका खेलाडीहरुले खासै ठूलो छलाङ मार्न सकेनन् । त्यसो त यसमा खेलाडीहरुको तयारीका लागि निर्माण भएका पूर्वाधारहरु, छुट्टयाइएको बजेट र सरकारी प्राथमिकता आदि समग्र पक्षको भूमिका रहेको हुन्छ । खेलमा हारजित स्वभाविक पनि हो । भलै हालसम्म नेपालले कुनै पदक नजिते पनि ती खेलाडीहरुले देशको नाम भने विश्वका खेलाडीसमक्ष सुनाउनेरचिनाउने महत्वपूर्ण भूमिका खेलेका छन् ।
आज पौडीको प्रतियोगितामा सहभागी हुँदै गरेकी गौरिका पदको सबैभन्दा बढि आशा गरिएको खेलाडी हुन् । टोकियो ओलम्पिक्सको १०० मिटर फ्रिस्टाइल स्वीमिङ प्रतियोगिता (महिलातर्फ)मा आज नेपाली पौडिबाज गौरिका सिंहले प्रतिस्पर्धा गर्दैछिन् । उनको खेल साँझ ७ बजे (जापानी समयानुसार) लाइभ हेर्न सकिने छ ।


प्रतिक्रिया