टोकियो ओलम्पिकमा खेलाडीका बेडको चर्चा !

टोकियो ओलम्पिकमा खेलाडीका बेडको चर्चा !


(बेडको भिडियोसहित)

  • जापान प्रतिनिधि, टोकियो

टोकियो ओलम्पिक २०२० मा विभिन्न मुलुकका खेलाडीहरु विभिन्न नयाँ-नयाँ रेकर्डहरु राखी इतिहास लेख्न आतुर छन् । यो क्रममा कतिले सोचेजस्तै प्रगति गर्न सकेका छन् त कतिको केवल सपना मात्रै बनिदिएको छ ।

टोकियो ओलम्पिकको आयोजनादेखि यसका हरेक सानो-सानो चिजहरुले पनि यतिखेर विश्वभरका संचारमाध्यमहरुमा स्थान पाइरहेका छन् ।

ओलम्पिक भिलेजको व्यवस्थापन, उदघाटन समारोह तथा खेलाडीहरुको लागि व्यवस्था गरिएको बेड यी सबै कुरा विश्वभर चर्चाको विषय बनेको छ ।

यसै सन्दर्भमा जापानले ओलम्पिक खेलाडी सुत्नका लागि बनाएको कार्डबोर्डको खाट यतिबेला विश्वभर चर्चामा छ । खासगरी यो कार्डबोर्डबाट बनाइएकाले कमजोर हुन्छ भन्ने बुझाइका कारण यो धेरैको टीका-टिप्पणीको विषय बनेको पाइन्छ ।

कतिपयले जापानमा कोभिड संक्रमण बढिरहेकाले संक्रमण नियन्त्रण गर्ने प्रयासस्वरुप एउटा खाटमा एक जना भन्दा बढी सुतेमा भाँचिने संरचनमा बनाइएको छ भनेर अफवाह पनि फैलाए । कतिपयले ओलम्पिकका लागि आउनेहरु यौनक्रियाकलापमा सहभागी नहोउन् भन्नका लागि यस्तो कागजको कमजोर बेडहरु बनाइएको पनि अनुमान गरे र, सोहीअनुरुप सामाजिक सञ्जालभरी चर्चा-परिचर्चा भइरहेको छ ।

यिनै तमाम हल्लाहरु के हुन् त भनेर ओलम्पिक भिलेजमा रहेका कतिपय देशका केही खेलाडीहरुले परीक्षण समेत गरेका छन् । तर कार्डबोर्ड बेड जति अनुमान गरिएको हो, त्योअनुरुपको कमजोर भने देखिएनन् । पछिल्ला दिन यी इजरायली खेलाडीहरुले बनाएको एउटा भिडियो सामाजिक संजालभरी भाइरल भइरहेको छ । उनीहरुले यो बेड भाँच्न कति जनाको बल चाहिँदो रहेछ भनेर यसरी खाटमाथि उफ्रिएर भिडियो बनाएका रहेछन् ।

हेरौँ भिडियो-