एनआरएनए जापानको अध्यक्षमा पौडेल विजयी

एनआरएनए जापानको अध्यक्षमा पौडेल विजयी


  • जापान प्रतिनिधि

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको २०२१–२०२३ को कार्यकालका लागि भएको निर्वाचनमा शिवप्रसाद पौडेलले अध्यक्षमा बाजी मारेका छन् ।

शुक्रबार अनलाइन भेटिङ प्रणालीबाट भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी पौडेलले ३ हजार ३८ मत प्राप्त गरि निकटतम प्रतिष्पर्धी अनिता गुरुङ लामालाई हराउँदै अध्यक्षमा जीत हासिल गरेका हुन् ।

खसेको कुल मतको ४० प्रतिशतभन्दा बढी मत पौडेलले प्राप्त गर्दा गुरुङले १ हजार ८ सय ६९ मत प्राप्त गरेकी थिइन् ।

पाँच जना प्रतिष्पर्धी रहेको अध्यक्ष पदमा नरेन्द्र कुमार बस्नेतले १२ सय ६९, किरण बर्माले १२ सय ४५ र सरोजकुमार खत्रीले १ सय ९१ मत प्राप्त गरेका छन् ।

सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षको पदमा नवीन निउरेले ३ हजार ९ सय ९३ मत प्राप्त गरि विजयी भएका छन् भने प्रतिष्पर्धी छत्रबहादुर दाहालले ३ हजार २ सय १ मत प्राप्त गरेका छन् ।

त्यसैगरि राम थापा अनिलले २ हजार ७ सय ८०, राजकुमार अधिकारीले २ हजार ६ सय ५९, रामकृष्ण श्रेष्ठले २ हजार ६ सय ४९ र महेशकुमार कटवालले २ हजार १२ मत प्राप्त गरि उपाध्यक्षमा विजयी भएका छन् ।

महिला उपाध्यक्षमा संगीता अधिकारी सुवेदीले ३ हजार ८ सय २२ मत प्राप्त गरि विजयी हुँदा प्रतिष्पर्धी कालिका थापाले ३ हजार ४ सय १ मत प्राप्त गरेकी छन् ।

निकै चासोका साथमा हेरिएको महासचिवको पदमा सिद्धार्थ श्रेष्ठले ३ हजार ७ सय २२ मत प्राप्त गरि विजयी हुँदा प्रतिष्पर्धी टिकाराम खरेलले ३ हजार ४ सय ८४ मत ल्याउन सफल भएका छन् ।

कोषाध्यक्ष पदमा ३ जनाको उम्मेदवारी रहेकोमा ३ हजार १ सय ६७ मत ल्याउदै कृष्ण गैरे शर्मा विजयी हुँदा निकटतम प्रतिष्पर्धी सचिन श्रेष्ठले २ हजार १ सय ५३ मत ल्याएका छन् भने कृष्णप्रसाद खनालले १९ सय १५ मत हासिल गरेका छन् ।

युवा संयोजक पदका प्रत्यासी राकेश लामाले यस निर्वाचनकै सर्वाधिक ४ हजार ६ सय ५२ मत आफ्नो पक्षमा पार्दै सो पदमा विजयी हुँदा प्रतिष्पर्धी राजेश खनालले २ हजार १ सय ९७ मत लिन सफल रहेका छन् ।

७ पद सदस्यका लागि १८ जनाले प्रतिष्पर्धा गरेकामा प्रकाश लामिछानेले ४ हजार २७, राजु भण्डारी सुनिलले ३ हजार ६४, भीमसेन राय भीम रायमाझीले ३ हजार १२, दिलिप कँडेलले २ हजार ७ सय २८ मोहनसिंह मडैले २ हजार ६ सय २८, चन्द्रा कुमारी केसीले २ हजार ५ सय ६२ र लक्ष्मी केसी महर्जनले २ हजार २ सय ६९ मत प्राप्त गरि सदस्य पदमा निर्वाचित भएका छन् ।

अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यका लागि भएको मतदानमा दीपक कार्कीले ४ हजार १ सय ८७, सुपेन्द्र घिसिङले ४ हजार १ सय २८, नरबहादुर थापाले ३ हजार ७ सय ४५, लक्ष्मण बानियाँले ३ हजार ६ सय ७४, श्रवणकुमार सत्यालले ३ हजार ५ सय ८१ र रोविनप्रसाद शेरचनले ३ हजार ५ सय ८ मत प्राप्त गरि विजयी हुँदा डाक्टर बलराम श्रेष्ठले ३ हजार २ सय ५८ र रामहरि पुडासैनीले २ हजार ६ सय ७९ मत हासिल गरेका छन् ।

कुल ९ हजार ३ सय ९४ मतदाता रहेको सो निर्वाचनमा ७ हजार ७ सय ५७ अर्थात ८३ प्रतिशत मत खसेको थियो । इमेल र मोबाइल एसएमएसमार्फत मतपत्र पठाइएमा ८ हजार ३ सय ३२ मतदाताले मतपत्र प्राप्त गरेका थिए भने ११ सय ६० मतदाताले मतपत्र प्राप्त गर्न सकेका थिएनन् ।

करिव १७ सय पन्जिकृत सदस्यहरुको वैयक्तिक विवरणमा हेरफेर गरेको पुष्टि भएपछि जुलाई २७ तारिखमा निर्धारित निर्वाचन शुक्रबारका लागि सारिएको थियो ।