टोकियो ओलम्पिकमा चार स्वर्णसहित सात पदक जितेर एम्माले बनाइन् कीर्तिमान

टोकियो ओलम्पिकमा चार स्वर्णसहित सात पदक जितेर एम्माले बनाइन् कीर्तिमान



टोकियो ओलम्पिकमा चार स्वर्ण पदकसहित सात पदक जितेर अष्ट्रेलियन पौडी खेलाडी एम्मा म्याकेओनल ओलम्पिक कीर्तिमानी बराबरी गरेकी छिन् । एम्माले सन् १९५२ को हेलसिन्की ओलम्पिकमा सोभियत युनियनकी पौडी खेलाडी मारिया गोरोखोभ्स्काले बनाएको कीर्तिमान बराबरी गरेकी हुन् ।

एम्माले टोकियो ओलम्पिकमा चार गुणा १ सय मिटर फ्रिस्टाइल रिले, १ सय मिटर फ्रिस्टाइल, पचास मिटर फ्रिस्टाइल र चार गुणा १ सय मिटर मिडले रिलेमा स्वर्ण जितेकी थिइन् । त्यस्तै, १ सय मिटर बटरफ्लाई, चार गुणा २ सय मिटर फ्रिस्टाइल रिले र चार गुणा १ सय मिटर मिक्सड मिडले रिलेमा कांस्य जितेकी हुन् ।

टोकियो ओलम्पिकमा एम्मा ब्यक्तिगत रूपमा ७ पदक जित्ने पहिलो महिला खेलाडी बनेकी छन् । एम्माले रियो ओलम्पिकमा पनि ४ पदक जितेकी थिइन् । दुई ओलम्पिकमा कुल ११ पदक जितेकी एम्मा अष्टे«लियालाई व्यक्तिगत रूपमा सर्वाधिक पदक दिलाउने पहिलो खेलाडी पनि बनेकी छन् ।