निर्वाचन आयोगमा जसपा अध्यावधिक, गुम्यो महन्थको अध्यक्ष पद

निर्वाचन आयोगमा जसपा अध्यावधिक, गुम्यो महन्थको अध्यक्ष पद



निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षका ३५ सदस्यीय कार्यकारिणी समितिलाई अध्यावधिक गरेको छ ।

जसपाले महन्थ ठाकुरसहितका १६ जनालाई केन्द्रीय कार्यकारिणी समितिबाट हटाउन गरेको निर्णयलाई आयोगले अध्यावधिक गरेको हो । यो निर्णयसँगै ठाकुरको पक्षमा रहेका १६ सदस्यीय कार्यकारिणी समितिका सदस्य जसपाबाट स्वतः हट्न पुगेका छन् भने ठाकुरको जसपा अध्यक्ष पद पनि गुमेको छ ।

आयोगले यही साउन ११ गते जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै यादवले ३५ सदस्य रहेको केन्द्रीय कार्यकारिणी समितिका अध्यावधिक गर्न पत्र आयोगलाई पत्र पठाएका थिए । जसपाको निर्णयलाई आयोगको सोमबारको बैठकले अध्यावधिक गरिएको आयोगले जनाएको छ ।