पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का

पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का



हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ ।

कम्तीमा २५ व्यक्ति बोकेको एउटा बस पहिरोमा पुरिएको भारत-तिब्बत सीमा सुरक्षा (आइटीबीपी)ले जनाएको छ । घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइतेलाई उद्धार गरिएको आइटीबीपीले प्रकाशन गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको एएफपीले जनाएको छ ।

हिमाञ्चल प्रदेशमा पहिरोले पुरेको गाडी निकाल्नका लागि भारत-तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरी उद्धारकार्यमा परिचालित भएका छन् ।

हिमाञ्चल प्रदेशको किन्नौर जिल्ला अन्तर्गत पर्ने घटनास्थलमा अझै ढुङ्गा खसेको तिब्बतको सीमानामा एक स्थानीय प्रहरी अधिकारीले पुष्टि गरेका छन् ।

टेलिभिजन च्यानलहरुले एउटा ट्रक र कारको चित्र भग्नावशेषमा आधा गाडेको, बाटोमा चट्टान रहेको र रूखको टुक्रा देखाएका छन् ।