काबुल बम हमलामा १३ अमेरिकी सैनिकसहित १९० जनाको मृत्यु

काबुल बम हमलामा १३ अमेरिकी सैनिकसहित १९० जनाको मृत्यु



राष्ट्रपति बाइडेनले भने- ‘आतंकवादीहरुसँग डराउँदैनौँ, मिसन सम्पन्न गरेरै छोड्छौँ’

अफगानिस्तानको काबुल विमानस्थलमा बिहीबार साँझ अबेर गरी भएका दुई शक्तिशाली विस्फोटमा परेर १३ अमेरिकी सैनिकसहित ९० जनाको मृत्यु भएको र १५० जना घाइते भएका छन् । अमेरिकी सेनाको निम्ति यो घटना सन् २०११ पछिकै सबभन्दा खतर्नाक रहेको पेन्टागनले जनाएको छ ।

अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न हतारिएका मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ दुई पटक बम विष्फोट भएको थियो भने उक्त हमलाको जिम्मेवारी आतंकवादी संगठन आईएसले लिएको बीबीसीले जनाएको छ ।

अफगानिस्तान छाड्ने अमेरिकी सैनिकहरुको अगस्टभरिको म्याद सकिँदै गर्दा तीव्र गतिमा चलिरहेको बहिर्गमन प्रक्रियालाई प्रभावित पार्ने गरी बम हमला गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुलमा बम हमला गरेर अमेरिकी सैनिकसहित यतिका मानिसको ज्यान लिनेहरुलाई माफ नगर्ने र उनीहरुलाई खोजेरै छाड्ने वाचा गरेका छन् । अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य पनि जारी नै रहने राष्ट्रपति बाइडनको प्रष्टोक्ति छ ।

उनले भनेका छन्, ‘हामी माफ गर्ने छैनौँ, हामीले बिर्सने छैनौँ । हामी तिमीहरुलाई खोजेरै छाड्ने छौँ र सजाय दिने छौँ ।’

आतंकवादीहरुसँग नडराउने र मिसन सम्पन्न गरेरै छोड्ने अमेरिकी राष्ट्रपतिको भनाइ छ ।