उपचारका लागि आर्थिक सहयोगलगत्तै तेक्वान्दो खेलाडी दीपिकाको निधन

उपचारका लागि आर्थिक सहयोगलगत्तै तेक्वान्दो खेलाडी दीपिकाको निधन


काठमाडौं जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलाडी दीपिका कार्कीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

निमोनिया भएपछि १३ वर्षीया दीपिकालाई उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएको थियो । दीपिकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले काठमाडौं जिल्लाले उनको स्वास्थ्य उपचारका लागि सहयोग जुटाउन पहल गरेको अध्यक्ष अशोक खड्काले जानकारी गराए ।

अध्यक्ष खड्काले ७७ हजार २ सय १० रुपैयाँ रकम संकलन भएको जानकारी दिए ।

उक्त रकम काठमाडौं जिल्ला तेक्वान्दोका सचिव गणेश तामाङ र तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक मिन न्यौपानेको उपस्थितिमा अध्यक्ष खड्काले दीपिकाकी आमा लक्ष्मीलाई कान्ति अस्पतालमै हस्तान्तरण गरे ।

रकम हस्तान्तरण गरेको केही समयपछि दीपिकाको निधन भएको अध्यक्ष खड्काले जनाएका छन् ।