यमनको सबैभन्दा ठूलो सैन्य हवाइ अड्डामा आइतबार भएको हमलामा परी कम्तीमा ३० जना सरकार समर्थक लडाकूकोे मृत्यु भएको छ । घटनामा दर्जनौँ अन्य घाइते भएका छन् ।
उक्त हमलाका लागि इरानको निकट मानिने यमनी हुथी विद्रोहीलाई दोषी ठहऱ्यााएको चिकित्सक तथा सरकारनिकट उक्त लडाकू समूहले जानकारी गराएको एएफपीले जनाएको छ ।
‘आक्रमणमा ३० भन्दा बढी व्यक्ति मारिएका छन् र कम्तीमा ५६ जना घाइते भएका छन्,’ यमनी सशस्त्र लडाकू समूहका प्रवक्ता मोहम्मद अल-नाकिबले घटनाको पुष्टि गर्दै भनेका छन् । आक्रमणमा हुथीहरूको हात रहेको दाबी उनको छ ।
सैनिक चिकित्सकले घटनालगत्तै दिएको प्रतिक्रियामा सात जनाको मृत्यु भएको बताए पनि अस्पतालमा पुगेका अन्य २३ जनाको पनि उपचारका क्रममा मृत्यु भएको बताएका छन् । घाइतेमध्ये अझै केहीको स्वास्थ्य अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या अझै बढ्न सक्ने उनीहरूले बताए ।
हुथी समूहले यस घटनाबारे कुनै प्रतिक्रिया जनाइसकेको छैन ।
प्रतिक्रिया