आजको पञ्चाङ्ग एवम् राशिफल (१६ भदौ २०७८ बुधबार, १ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ भदौ २०७८ बुधबार, १ सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ श्रीसूर्योदक्षिणायने वर्षा ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ भाद्र १६ गते तद् अनुसार सन् २०२१ सेप्टेम्बर १ तारिख बुधबार भाद्रकृष्णपक्ष दशमी तिथि मृगशीरा नक्षत्र वज्र योग वणि करण आनन्दादिमा अमृत योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४३ मा भयो र सूर्यास्त साँझ १८ः२३ मा हुनेछ ।

आजको राशिफल

मेष – आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा बृद्धि हुनेछ । आय बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला ।

वृष – धन बढ्नेछ । मिठो भोजन प्राप्त होला । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । मान महत्व आरोग्यता बढ्नेछन् । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर रहनेछ ।

मिथुन – अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । रोकिएको धन उठ्नेछ । ऋण,रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आशा उत्साह बढ्ला,नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनुपर्ला ।

कर्कट – व्यस्तता बढ्नेछ । बढी परिश्रमले प्रगति हुनेछ । भागदौड वृद्धि होला । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । जोखिममा नपर्नु उचित होला । रसरागमा रुचि बढ्ला । आफ्नै बल विवेकले काम बन्नेछ ।

सिंह – मान महत्व पुरस्कार मिल्नेछ । उन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – प्रेममा सफलता प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ । मित्रजन सन्तानको सहयोग मिल्नेछ । रसरागमा आकषृण बढ्ला ।

तुला – धनको आगमन भैरहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा विघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखनप्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यता बढ्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ/समर्थन मिल्ला ।

धनु – मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । धन मान महत्व बढ्ला । रसराग गीतसंगीतमा आकर्षण बढ्नेछ । सुख सन्तति बढ्नेछन् ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु होला । रसविलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । मिठो भोजन मिल्नेछ । विलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।