बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । नेकपा (एमाले)का तर्फबाट मन्त्री बनेका खनालले अब आफूलाई माधव नेपालको नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित गर्ने बताएका छन् ।
खनालले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र बाँकी रहेका छन् ।
प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए । यस प्रकरणपछि मुख्यमन्त्री अष्टलक्ष्मी श्रेष्ठ निकै अप्ठ्यारोमा परेको चर्चा सम्बद्ध दलभित्रै चल्न थालेको छ ।
प्रतिक्रिया