आजको पञ्चाङ्ग एवम् राशिफल (१७ भदौ २०७८ बिहीबार, २ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ भदौ २०७८ बिहीबार, २ सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ वर्षाऋतु वि.सं. २०७८ भाद्र १७ गते बिहीबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर २ तारिख भाद्रकृष्णपक्ष एकादशी तिथि आर्द्रा नक्षत्र सिद्ध योग बबकरण आनन्दादिमा काण योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४३ मा भयो र सूर्यास्त साँझ १८ः२२ मा हुनेछ । स्मार्तहरुको अजाएकादशी व्रत ।

आजको राशिफल

मेष – मन दुविधामा रहे पनि सफलताकारक सावित हुनेछ । पारिवारिक सुखशान्ति रहनेछ । आशा उत्साह बढ्नेछ । उन्नति हुनेछ । बल, बुद्धि, शक्ति, सामर्थ्य आदि बढ्नेछन् । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्न समर्थवान रहनुहुनेछ । व्यर्थको खर्चप्रति सचेत रहनुपर्ला ।

बृष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । कर्मपथमा प्रगति होला । धन मान गौरव बढ्ला । व्यापारमा प्रगति हुनेछ । सहयोगले काम होला । यात्रामा सफलता प्राप्त हुनेछ । दैनिक काममा सफलता प्राप्त होला । खेलकुद भ्रमणमा रुचि बढ्ला । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । सुख सफलता प्राप्त होला । मित्रजनको सहयोग मिल्नेछ । सुख सन्तति बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । वार्तामा सफलता मिल्नेछ । धनको आगमन भैरहनेछ ।

मिथुन – सम्मान तथा छवि कायम राख्न विशेष ध्यान दिनुपर्ला । धन समृद्धि बढ्नेछ । साहसिक काममा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता बढ्नेछ । भोजभत्तेरमा भाग लिनुहुनेछ । लगानी उठ्ला । गौरव वृद्धि होला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

कर्कट – व्यस्तता बढ्नेछ । लगानी बढ्नेछ । ऋण रोग र शत्रुसितको व्यवहारमा ध्यान दिनुपर्ला । नियमकानुन तोड्नु उचित हुनेछैन । जोखिममा नपर्नु होला । विवेकपूर्ण व्यवहारले सफलता र सुख दिलाउन सक्छ ।

सिंह – आयस्रोत बढ्नेछ । मिठो भोजन मिल्नेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता प्राप्त होला । समस्याको समाधान मिल्ला । सन्ततिसुख बढ्नेछ । लगानी उठ्ला । मान पुरस्कार मिल्नेछ । धन सम्पत्ति बढ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र प्रेमपात्रको सहयोग मिल्नेछ । सुख आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुपर्नेछ । धनको आगमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु खरिदमा सफलता मिल्नेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ ।

वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नपरेर काम गर्नु उचित हुनेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । मान मिल्नेछ । आशा उत्साह बढ्ला ।

धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुखशान्ति बढ्ला । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ । उन्नति पदोन्नति हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला ।

मकर – सुख सम्पन्नता बढ्नेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनुहुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान होला । यात्रामा सफलता भेटला । भ्रमण होला । वार्तामा सफलता मिल्नेछ । आशा उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।