यमनको मारिब शहरमा विद्रोही र सरकार समर्थक सेनाबीच जारी रहेको झडपको क्रममा कम्तीमा ६५ जनाको मृत्यु भएको एक सैन्य अधिकारीले बिहीबार बताएका छन् ।
ती सैन्य अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार झडपमा २२ सरकारी समर्थक सेनाको मृत्यु हुनको साथै अन्य ५० जना घाइते भएका छन् ।
४८ घण्टासम्म जारी रहेको झडपमा ४८ हुथी विद्रोही मारिएको सरकारी सेनाका अधिकारीले जानकारी दिएका छन् ।
यमनमा हुथी विद्रोहीले सन् २०१४ बाट शुरु गरेको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।
प्रतिक्रिया