सत्ता सहभागिताबारे छलफल गर्न गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता

सत्ता सहभागिताबारे छलफल गर्न गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता



प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष प्रचण्डबीच भेटघाट भएको छ ।

सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेटघाट भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटघाटमा गठबन्धनका दुई नेताबीच सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसै क्रममा माधव नेपालले अझै पाँच ६ दिन सरकारले पूर्णता नपाउने बताएका छन् । मन्त्रिमण्डलको पूर्णतामा भएको ढिलाइले गठबन्धनभित्र मन्त्री र मन्त्रालयको छनोको तीव्र खिचातानी चलिरहेको सन्देश प्रवाहित हुन पुगेको छ । ओली सरकारलाई विस्थापित गरेर बनेको सरकारबाट आमनागरिक थप निरास हुन पुगेका छन् ।