आजको पञ्चाङ्ग एवम् राशिफल (१८ भदौ २०७८ शुक्रबार, ३ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (१८ भदौ २०७८ शुक्रबार, ३ सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ राक्षस नामक संवत्सर वर्षा ऋतु वि.सं. २०७८ भाद्र १८ गते तद्अनुसार सन् २०२१ सेप्टेम्बर ३ तारिख शुक्रबार भाद्र कृष्णपक्ष द्वादशी तिथि पुनर्वसु नक्षत्र व्यतिपात योग कौलव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मिथुन राशिमा ९ः२७ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ मा भयो र सूर्यास्त साँझ १८ः२१ मा हुनेछ । वैष्णवहरूको अजा एकादशी ।

आजको राशिफल

मेष – समय अनुकूल छ । पारिवारिक सुख बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ । यश बढ्नेछ । रोकिएको काम बन्नेछ । आरोग्यता बढ्ला । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । व्यवहारिक सफलता प्राप्त होला । रोकिएको काम बन्नेछ । यश ख्याति फैलिनेछ ।

वृष – धन यश मान महत्व आरोग्यता बढ्नेछन् । विलासमा रुचि बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मिथुन – भागदौड व्यस्तता बढ्नेछ । खर्च बढ्ला । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । सुखको कर्ममा प्रवृत्ति बढ्नेछ । प्रेमपात्रसित भेटघाट हुनेछ । बौद्धिक र रचनात्मक काम पनि बन्नेछन् । गीत संगीतमा आकर्षण बद्नेछ ।

कर्कट – आयस्रोत वृद्धि हुनेछ । आर्थिक समस्याको समाधान प्राप्त हुनेछ । मान-महत्वमा कमी आउने छैन । हांसविलासमा आकर्षण बढ्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । समस्याको समाधान खोज्नुहुनेछ । ठुलो रकमको लगानीमा विचार पुर्याउनुपर्ने छ ।

सिंह – आशा उत्साह बढ्नेछ । भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । हाकिमको साथ मिल्नेछ । कर्ममा रुचि बढ्ला । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्नेछ । लगानी उठ्ला । खेलकूदमा भाग लिनुहुनेछ । यात्रा गर्नुहुनेछ । सुख आनन्द बढ्ला । धनसम्पत्ति बढ्नेछ । सुख सम्पदा बढ्ला । आरोग्यता वृद्धि होला । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्नेछ ।

कन्या – वार्तामा सफलता प्राप्त हुनेछ । मान बढ्ला । अरुको भरभन्दा आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनले साथ दिनेछ । स्वास्थ्यमा सुधार हुनेछ ।

तुला – शुभ र भाग्यवर्द्धक काममा ध्यान केन्द्रित गर्नु बेस होला । रसरागमा रुचि बढ्नेछ । स्वास्थ्यमा सुधार होला । आयमा वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । कार्यव्यपारमा सफलता प्राप्त होला । योजना र बजेट बनाई काम गर्नु हितकर हुनेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।

वृश्चिक – साहसले काम बन्नेछ । मान वर्चश्व बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । विजयश्री प्राप्त होला । उन्नति–पदोन्नति हुनेछ । आफन्तको सहयोग मिल्नेछ । सुखसुविधाको वस्तु किन्नु हुनेछ । योजना र बजेट बनाइ कार्य बेस होला ।

धनु – सुख सफलता बढ्नेछ । आयस्रोतमा पनि बढोत्तरी होला । रोकिएको काम बन्नुसँगै उधारो लगाइएको धन पनि उठ्ला । बौद्धिक र रचनात्मक कार्य काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । सन्तानसुख बढ्ला । प्रेममा सफलता प्राप्त होला ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । नियमकानूनले साथ दिनेछ । भएको दायित्वलाई पूरा गर्नु हुनेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित नहोला । योजना र बजेटमा बल बढ्नेछ । राजकीय काम गर्नु बेस रहला । आयस्रोत बढ्ला ।

कुम्भ – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । नयाँ आयस्रोतवर्द्धक काममा सफलता पाउनुसँगै इष्टमित्र र सन्तानको सुख मिल्नेछ । लगानी उठ्ला । रोकिएको काम बन्नेछ । आरोग्यता र ऐश्वर्य वृद्धि होला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । यात्रामा सफलता प्राप्त होला ।

मीन – आफन्तको साथ मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन मिल्ला । साझेदारीको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ला । जोखिममा नपर्नु नै बेस होला ।