टिम चण्डेश्वरीले जित्यो ‘गजराज कप’

टिम चण्डेश्वरीले जित्यो ‘गजराज कप’



चण्डेश्वरी महिला क्रिकेट टिमले गजराज जोशी स्मृति कप २०२१को उपाधि जितेको छ । नेपालका पहिलो धावक स्व. गजराज जोशीको जन्मजयन्तीको अवसरमा गजराज जोशी ट्रष्टद्वारा आयोजित गर्ल्स क्रिकेट फ्रेण्डली ट्राई सिरिजमा टिम सरस्वतीमाथि २–१ को जित निकाल्दै चण्डेश्वरीले सिरिजमाथि कब्जा जमाएको हो ।

गोल्फुटारस्थित रोयल इनडोर क्रिकेट एकेडेमीमा भएको सिरिजको पहिलो खेलमा सरस्वती टीम विजयी भएको थियो । त्यस्तै सिरिजको दोश्रो खेलमा टिम चण्डेश्वरीले ६ रनको विजय हुँदै सिरिज बराबरी गरेको थियो । सिरिजको तेश्रो तथा अन्तिम खेलमा चण्डेश्वरीले ७ रनको जित निकाल्दै सिरिजमाथि कब्जा जमाएको हो ।

विजयी खेलाडीहरूलाई ट्रष्टका अध्यक्ष मनिष जोशी, नेपाली महिला टोलीकी पूर्व कप्तान निरा राजोपाध्याय, टोखा नगरपालिका २ का वडा अध्यक्ष दीपक राज जोशी, नेपाली काङ्ग्रेस महासमिति सदस्य रामेश्वर केसी र गोकर्ण केसी.लगायतले पुरस्कार वितरण गरेका थिए ।

महिला क्रिकेट टिम उत्पादन गर्ने उद्देश्यले टोखास्थित दुई क्षेत्र सरस्वती र चण्डेश्वरीमा महिलाहरूको दुई टिम स्थापना गरि उक्त टिमका विच प्रतिस्पर्धा गराईएको प्रशिक्षक रविन जोशीले जानकारी दिए । यसले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्नुका साथै क्रिकेटमा महिलाहरूको सहभागितालाई वृद्धि गर्न सहयोग पुग्ने गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशीको भनाइ छ ।