आजको पञ्चाङ्ग एवम् राशिफल (२० भदौ २०७८ आइतबार, ५ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० भदौ २०७८ आइतबार, ५ सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ वर्षा ऋतु वि.सं. २०७८ भाद्र २० गते आइतबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर ५ तारिख भाद्र कृष्णपक्ष त्रयोदशी तिथि ६ः५७ पर चतुर्दशी तिथि अश्लेषा नक्षत्र परिघ योग ९ः२४ पर शिव योग भद्रा करण आनन्दादिमा वज्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः१८ बजे हुनेछ । जुगचह्रेपूजा, मानव बेचविखनविरुद्धको राष्ट्रिय दिवस ।

आजको राशिफल

मेष – अनावश्यक यात्रा र अनावश्यक खर्चमा नियन्त्रण राख्नुहोला । व्यस्तता लागिरहनेछ । जोखिममा नपर्नु हितकर रहनेछ । खर्च बढ्ला । घरपरिवारको साथ भने मिल्नेछ । अरुको भरमा बस्नु र विवादमा नपर्नुहोला । धनको आवागमन भैरहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । विलासमा पनि रुचि बढ्नेछ । ऋण रोग र शत्रुप्रति सजग नै रहनु हितकर होला ।

बृष – लाभ वृद्धि हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन प्राप्त होला । विजयश्री मिल्नेछ । उन्नति हुनेछ । अन्नधन वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसंगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ ।

मिथुन – ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । बोली र ब्यक्तित्वको प्रभाव बढ्नेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्रसित सम्बन्धित काम बन्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । मन अनुकूल कार्य बनेर मन प्रशन्न रहनेछ । सुख सुविधाको बस्तुमा खर्च बढ्नेछ ।

कर्कट – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । आरोग्य वृद्धि हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । मनमा दुविधा रहे पनि प्रेममा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै रोकिएका काम बन्नेछन् । आनन्द वृद्धि होला । ख्याति फैलिनेछ ।

सिंह – दौडधुप बढ्ला । शारीरिक र आर्थिक कार्यमा जोखिम नलिनु बेस होला । ऋण रोग र शत्रुप्रति सचेत रहनुहोला । स्वास्थ्यमा लापरबाही नगर्नु हितकर रहनेछ । यात्रामा विशेष सावधानी अपनाउनु पर्नेछ । अरुको भर नपरेर आफ्नै विवेकले काम गर्नु बेस होला ।

कन्या – शुभ र लाभदायक काम बन्नेछन् । रोकिएको काम बन्नुसंगै नयाँ काम पनि बन्नेछ । मान महत्व बढ्नेछ । जीवनसाथीको सहयोग मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । सुखशान्ति ऐश्वर्य अभिवृद्धि हुनेछ । साझेदारीको कार्य बन्नेछ । आफन्तको सहयोग मिल्नेछ । विलासमा रुची बढ्नेछ । ख्याति फैलिनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – स्वास्थ्यमा सुधार होला । मान महत्व बढ्नेछ । गौरव वृद्धि हुनेछ । यात्राको योग छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ । रोकिएको काम बन्ला । नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मनोकूलको काम बनेर मन प्रशन्न रहनेछ ।

वृश्चिक – प्रेमपथमा प्रगति होला । काममा सफलता पाउनुहुनेछ । सद्कर्म पथमा प्रगति होला । भाग्योदय हुनेछ । आफन्तको सहयोग बढ्ला । साथीसित भेटघाट होला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुसँगै गीतसंगीतमा पनि आकर्षण बढ्नेछ । मित्रजनको सहयोग पाउनुहुनेछ । सन्तानसुख बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ । शैक्षिक र रचनात्मक कार्यमा सफल रहनेछ । धैर्य र संयमले काम गरेमा सफलता मिल्नेछ ।

धनु – व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन । आफ्नै बल विवेकले कार्य गर्नु बेस रहला । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु हीतकर रहला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन । जोखिमप्रति सचेत रहनु पर्नेछ ।

मकर – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । साहसिक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । विकासको नयाँ सम्भावना देखापर्ला । आशाउत्साह बढ्नेछ । यात्रामा सफलता पाउनुहुनेछ । लेखन प्रकाशनसित सम्बन्धित कार्य बौद्धिक र रचनात्मक कार्य आदि क्षेत्रमा सफलता पाउनुहुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – धनसम्पत्ति बढ्नुको साथै आरोग्यता पनि बढ्नेछ । घरपरिवारको स्थिति अनुकूल रहनेछ । कार्यव्यवस्था क्षेत्रमा सफलता मिल्नेछ । सभासमारोहमा पुरस्कार पाउनुहुनेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयश्री मिल्ने छ । आरोग्यप्रद काममा सफलता मिल्नेछ । आनन्द बढ्नेछ ।

मीन – भाग्यवर्धक समय छ । प्रयासरत काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।सुख-सुविधा बढ्नेछ । मन अनुकूलको काम बन्नेछ । मीठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । स्वास्थ्यमा सुधार आउला । सन्ततिसुख बढ्ला ।