आजको पञ्चाङ्ग एवम् राशिफल (२१ भदौ २०७८ सोमबार, ६ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२१ भदौ २०७८ सोमबार, ६ सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ वर्षा ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ भाद्र २१ गते सोमबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर ६ तारिख भाद्र कृष्णपक्ष चतुर्दशी तिथि ६ः५६ पर अमावश्या तिथि मघा नक्षत्र शिव योग ६ः३९ पर सिद्धि योग चतुष्पाद करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः१७ मा हुनेछ । दर्शश्राद्ध, निशी बार्ने ।

आजको राशिफल

मेष – समय राम्रै छ । बोली र व्यक्तित्वको प्रभाव बढ्नुका साथै आशा उत्साह थपिनेछ । बौद्धिक र रचनात्मक क्षेत्रसित सम्बन्धित कार्यमा पनि सफलता प्राप्त गर्नु हुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नाले उन्नति हुनेछ । आरोग्यता रहला ।

बृष – उन्नति हुनेछ । मान महत्व बढ्ला । शुभ र बौद्धिक काममा सफलता मिल्नेछ । घर–परिवारको साथ–समर्थन लिन विशेष प्रयत्न गर्नुपर्ला । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्राको योग छ । शुभ काममा प्रवृत्ति बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित होला । अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन तथापि आफन्तको सहयोग मिल्नेछ ।

मिथुन – जोखिमका कार्यलाई थाती राख्दा बेस हुनेछ । खर्च बढ्ने सम्भावना छ । रसरागमा आकर्षण रहला । धैर्य र विवेकले काम गर्नुहोला । स्वास्थ्य र नियमकानुनलाई ध्यानमा राख्नुपर्ला । नियमित कार्यमा पनि लापर्वाही नहोस् भनी ख्याल राख्नुपर्ला ।

कर्कट – सुख समृद्धि र अन्नधन वृद्धि हुनेछ । विलासमा रुचि बढ्ला । खेलकुद तथा भ्रमण कार्यमा आकर्षण बढ्ला । मिठो भोजन मिल्नेछ । कार्यगति उत्साहजनक रहनेछ ।

सिंह – ग्रहगोचर लाभदायक र उन्नतिकारक रहला । सुख आरोग्यता र सौभाग्य बढ्ला । उधारो लगानी लगाइएको धन उठ्ला । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुख–सुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारसित सम्बन्धित शुभ समाचार मिल्नेछ । विजयश्री प्राप्त होला ।

कन्या – आर्थिक कार्यमा सफलता मिल्नेछ । आयस्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । प्रेमपात्रसित भेटघाट होला । चलिरहेको र साहसिकता आदिसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । उन्नति हुनेछ । कला, साहित्य, गीतसंगीत आदि कार्यमा पनि सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ ।

तुला – दौडधुप बढ्नेछ । यात्राको सम्भावना छ । कार्यमा सफलता मिल्नाले सुख आनन्द बढ्ला । समस्याको समाधान मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । सन्तानको साथ मिल्नेछ, तथापि अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । साझेदारीको काम बन्नेछ । शुभ काममा आकर्षण बढ्ला ।

वृश्चिक – रसरागमा आकर्षण बढ्ला । यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । जोखिममा नपर्नु उचित होला ।

धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लेखन प्रकाशन, कला, साहित्य, लेखन आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । भाग्यवर्द्धक र मानमा वृद्धिदायक काम बन्नेछ । साथिभाइको साथ मिल्नेछ । पराक्रम वृद्धि होला । पारिवारिक स्थितिमा सुधार हुनेछ । मान प्राप्तिका साथै यात्रामा सफलता मिल्नेछ ।

मकर – मनोकूलको काम बन्नाले आत्मविश्वास र उत्साह बढ्ला । आरोग्यता रहनेछ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । शान्ति मिल्नेछ । रास–विलासमा रुचि बढ्ला । सभासमारोहमा मान मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – आयस्रोत बढ्नेछ । समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । प्रेममा सफलता मिल्नेछ । सन्ततिसुख बढ्नेछ । मित्रमिलन हुनेछ ।

मीन – अनावश्यक चिन्ताले मानसिक अशान्ति बढाउन सक्छ । जीवनसाथीसँग समझदारी बढाउने प्रयत्न गर्नु विवेकपूर्ण कदम ठहरिने छ । खेलकुद एवम् भ्रमणमा रुचि बढ्ला । वार्तामा सफलता पाउनुहुनेछ । मिठो भोजन मिल्ला । राजकाजसम्बन्धी कार्य सिद्ध हुने योग छ ।