तालिवानद्वारा अन्तरिम सरकारको घोषणा, सरकारको नेतृत्व अखुन्दले गर्ने

तालिवानद्वारा अन्तरिम सरकारको घोषणा, सरकारको नेतृत्व अखुन्दले गर्ने



अफगानिस्तानको अन्तरिम सरकारको नेतृत्वमा तालिबान नेता मुल्ला मोहम्मद हसन अखुन्दलाई चयन गरिएको तालिबान समूहले घोषणा गरेको छ ।

उक्त समूहका मुख्य प्रवक्ता जबीहुल्ला मुजाहिदले सरकारको नेतृत्व नेता अखुन्दले गर्ने जानकारी पत्रकार सम्मेलनमार्फत् दिएका हुन् ।

अमेरिकी सेनाको नेतृत्वको गठबन्धन सेनाको बहिर्गमन प्रक्रिया सुरू भएसँगै अगस्ट १५ मा तालिबानले देशका प्राय सबै प्रान्तसहित राजधानी काबुल आफ्नो नियन्त्रणमा आएको जनाएको थियो ।

बाँकी एकदुई दिनमा अन्य मन्त्री र उच्च पदस्थ अधिकारीहरूको चयन भइसक्ने तालिबान नेताहरूले बताएका छन् । अफगानिस्तानमा आफ्नो युद्ध समाप्त भएको जनाएको २४ घण्टाभित्रै तालिबान समूहले अन्तरिम सरकारको नेतृत्व चयन गरेको हो ।

उक्त समूहले आफ्नो दलको उपनेतामा तालिबानका सहसंस्थापक अब्दुल गनी बराडरलाई चयन गरेको छ भने अमिर खान मुत्तmाकी अन्तरिम विदेशमन्त्रीमा चयन गरिएका एएफपीले जनाएको छ ।