सङ्घीय संसद्को दुवै सदनको दशौँ अधिवेशन आज (२३ भदौ बुधबार) देखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गर्नुभएको थियो ।
सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुने बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले दल फुटाउन ल्याइएको अध्यादेशपछि दल रोज्न दिइएको समयसीमा समाप्तिलगत्तै संसद् अधिवेशन शुरु गर्ने र एमसीसी पास गर्ने रणनीति बनाइएअनुरुप संसद् अधिवेशन सुरु गर्न लागिएको आरोप लगाएको छ । सभामुखको भूमिकाप्रति आपत्ति प्रकट गर्दै आएको एमालेले सभामुखको राजीनामा माग्दै संसद अवरोध गर्ने सङ्केत दिएको छ ।
प्रतिक्रिया