नेकपा एमालेले नेतृत्व चयन गर्ने कार्यका लागि मङ्सिरमा महाधिवेशन गर्ने निधो गरेको भए पनि केही वैधानिक र नीतिगत विषयको किनारा लगाउन एमालेले आगामी असोज चारदेखि ६ गतेसम्म काठमाडौंमा विधान अधिवेशन आयोजना गरेको छ । उक्त अधिवेशन परिवर्तनका दृष्टिले ऐतिहासिक हुने बुझिएको छ ।
नेपालको इतिहासमै पहिलो पटक सत्तापक्ष र प्रमुख विपक्षी पार्टीको महाधिवेशन एकै समयमा परेको छ । कुनै अप्रत्यासित निर्णय भएन भने आउँदो मङ्सिरमा (९–१४ गते) काङ्ग्रेसको महाधिवेशन शुरु भएको भोलिपल्ट अर्थात् मङ्सिर दश गते एमालेको महाधिवेशन शुरु भएर काङ्ग्रेसको भन्दा एक दिनपहिले नै (मङ्सिर १३ गते) सम्पन्न गरिने कार्यक्रम तय भएको छ ।
संसदीय हैसियतमा काङ्ग्रेसभन्दा धेरै ठूलो रहेको एमालेले चार दिनमै महाधिवेशन सिध्याउने योजना बनाएको छ भने काङ्ग्रेसले ६ दिनको समय छुट्याएको छ । काङ्ग्रेस महाधिवेशनमा वैचारिक एवम् नीतिगत बसस छलफल र निर्णयले महत्व नपाउने भए पनि कम्तिमा दुई चरणको निर्वाचनले मात्र सभापति चयन गर्न सक्ने कुरालाई ध्यानमा राखी काङ्ग्रेसले अहिले नै ६ दिनको समय छुट्याएको छ । ज्ञातव्य छ, सभापति बन्न उम्मेदवारले पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने हुन्छ । तेह्रौँ महाधिवेशनमा पनि देउवा दोस्रो चरणको निर्वाचनमा मात्र पचास प्रतिशतभन्दा बढी (कुल मतान्तर १४४) मत हासिल गरेर विजयी बनेका थिए ।
नेकपा एमालेले नेतृत्व चयन गर्ने कार्यका लागि मङ्सिरमा महाधिवेशन गर्ने निधो गरेको भए पनि केही वैधानिक र नीतिगत विषयको किनारा लगाउन एमालेले आगामी असोज चारदेखि ६ गतेसम्म काठमाडौंमा विधान अधिवेशन आयोजना गरेको छ । उक्त अधिवेशन परिवर्तनका दृष्टिले ऐतिहासिक हुने बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीलाई प्रजातान्त्रिक विचार दर्शनमा आधारित बनाउन चाहनुहुन्छ । उहाँ अबको समयमा साम्यवाद र एकदलीय चरित्रको समाजवादका कुरा गर्नु उचित नहुने निष्कर्षमा पुग्नुभएको छ । पार्टीको नामसमेत कम्युनिष्ट राखिरहने पक्षमा केपी नभएको बताइन्छ ।
तर भर्खरै मात्र कम्युनिष्ट पार्टी चोइटिएको र अर्को पक्षले कम्युनिष्टका नाममा आफूलाई स्थापित गर्न खोजेकोले अहिले नै नाम बदल्दा त्यसको लाभ माओवादी र माधव नेपालहरूले लिन सक्ने सम्भावनालाई दृष्टिगत गरी नेकपा एमालेको नाम यथावत राखिने बुझिएको छ । नाम र माक्र्सवादी सिद्धान्त यथावत राखे पनि नेकपा एमालेले लेनिन, स्टालिन र माओका तसिबरहरू पार्टीका कुनै पनि कार्यक्रममा नसजाउने भएको छ ।
त्यसैगरी हँसिया-हथौडा अङ्कित झण्डालाई पनि बेग्लै प्रस्तुत नगरी एमालेले आफ्नो चुनाव चिन्ह सूर्यको बीचमा सानो आकारमा राख्न शुरु गरेको छ । यसअघि उक्त पार्टीले हँसिया-हथौडा अङ्कित झण्डालाई निकै महत्वका साथ सार्वजनिक समारोहहरूमा प्रस्तुत गर्ने गरेको थियो । त्यसैगरी एमालेको विधान अधिवेशनमा धर्मनिरपेक्षता, समानुपातिक प्रणाली र जातीय अवधारणाका विषयमा समेत बहस हुने बुझिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली वर्तमान सङ्घीय संरचना र समानुपातिक प्रणालीप्रति निकै अघिदेखि नै असहमत रहँदै आउनुभएको थियो ।
ज्ञातव्य छ, केपीको यस्तै उदार प्रजातान्त्रिक एवम् राष्ट्रवादी सोचका कारणले पनि विगतमा प्रचण्डसँग अन्तरविरोध चर्किएको थियो । स्मरणीय छ, प्रचण्डले एकदलीय अधिनायकवादी समाजवादमा राज्य संयन्त्र, संविधान र संसदीय हैसियतलाई उपयोग गर्दै साम्यवादी समाजवादमा छलाङ मार्ने कुरामा जोड दिएपछि केपी र प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेको थियो । नेकपा एमाले यतिबेला एउटा बलियो प्रजातान्त्रिक विकल्प बन्ने प्रयासमा छ र, विधान अधिवेशन त्यस अर्थमा ऐतिहासिक हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया