आजको पञ्चाङ्ग एवम् राशिफल (२५ भदौ २०७८ शुक्रबार, १० सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ भदौ २०७८ शुक्रबार, १० सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ वर्षाऋतु वि.सं. २०७८ भाद्र २५ गते शुक्रबार तद्अनुसार सन् २०२१ सेप्टेम्बर १० तारिख भाद्र शुक्लपक्ष चतुर्थी तिथि चित्रा नक्षत्र ब्रम्हा योग वणि करण आनन्दादिमा मुशल योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४७ मा भयो र सूर्यास्त साँझ १८ः१३ मा हुनेछ । गणेश चतुर्थी व्रत, चन्द्रदर्शनदोष (चथा), राष्ट्रिय धर्मसभा दिवस ।

आजको राशिफल

मेष – समय शुभ र सफलताकारक छ । पारिवारिक सुखशान्ति समृद्धि प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । सार्थक कार्यमा रुचि बढ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । कुनै समस्या भए त्यसको समाधान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ र व्यर्थको खर्चप्रति पनि नियन्त्रण आउनेछ ।

बृष – आरोग्यता बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । कर्म पथमा प्रगति होला । यात्रामा सफलता प्राप्त हुनेछ । व्यापारमा प्रगति हुनेछ । सहयोगले काम होला । आमोदप्रमोदमा रुचि बढ्ला । मिठो भोजन खान पाउनु हुनेछ । सुख सफलता प्राप्त होला । मित्रजनको सहयोग मिल्नेछ । सन्ततिसुख बढ्नेछ । महत्वपूर्ण पात्रसित भेटघाट हुनेछ र सहयोग पनि प्राप्त होला । धनको आगमन भैरहनेछ ।

मिथुन – शुभ, भाग्यवर्द्धक र मनोकूलको काम बन्नेछ । धन यश मान सुख समृद्धि बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आरोग्यता बढ्नेछ । सभा–समारोहमा मान पाउनुहुनेछ । भोजभत्तेरमा भाग लिनुहुनेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

कर्कट – दौडधुप तथा व्यस्तता बढ्नेछ । ऋण रोग र शत्रुसितको व्यवहारमा ध्यान दिनुहोला । नियमकानुन तोड्नु उचित हुने छैन । आवेगमा आएर जोखिम मोल्ने काम नगर्नुहोला ।

सिंह – आयस्रोत बढ्नेछ । ख्याति फैलिनेछ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । समस्याको समाधान मिल्ला । सन्ततिसुख बढ्नेछ । लगानी उठ्ला । शुभ र भाग्यवर्द्धक कार्यमा प्रवृत्ति बढ्ला ।

कन्या – समय शुभ फलदायक रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । मित्रजन एवम् प्रेमपात्रको सहयोग मिल्नेछ । सुख–आनन्दमा रुचि बढ्नेछ । जोखिमप्रति सचेत रहनुहोला । धनागमन भइरहनेछ । अवश्यमेव सफल हुनुहुनेछ । स्वास्थ्यमा सुधार होला ।

तुला – रसरागमा आकर्षण बढ्ला । लगानी बढ्ला । विलासको वस्तु किन्नमा सफल हुनुहुनेछ । मान महत्त्व बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । यात्रापरक कार्यमा सफलता मिल्नेछ । आशा उत्साह बढ्नेछ । आफन्तको साथ मिल्नेछ । ख्याति फैलिनेछ ।

वृश्चिक – ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । आय वृद्धि भैरहनेछ । यात्रा होला । धन यश मान सुख सौभाग्य वृद्धि हुनेछ । विवाद आदिप्रति सचेत भइ अरुको भरमा नबसी काम गर्नु उचित हुनेछ । वार्तामा सफलता प्राप्त होला । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

धनु – पारिवारिक कार्य बन्ला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । इष्टमित्र तथा सन्तानसित सम्बन्धित काम बन्नेछ । रोकिएको धन उठ्ला । साझेदारीको काम बन्ला । सुख शान्ति बढ्नेछ । मिठो भोजन मिल्नेछ । भोगविलासमा रुचि बढ्ला । मान महत्व बढ्नेछ ।

मकर – सुख सम्पन्नता बढ्नेछ । आयवर्द्धक कार्यमा सफलता मिल्नेछ । शुभ काममा रुचि बढ्ला । मान बढ्नेछ । घुमफिर गर्नुहुनेछ । यात्रामा सफलता पाउनु हुनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कुम्भ – आरोग्यतामा वृद्धि हुनेछ । खर्चमा नियन्त्रण आउनेछ । ऋण रोग र शत्रुसित सम्बन्धित काममा सफलता प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला । धन सम्पत्ति पनि बढ्नेछ । नियमकानूनप्रति सचेत रहनुपर्ला । लापर्वाही नगर्नु उत्तम हुनेछ ।

मीन – नियमित काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ साथै हांविलासमा आकर्षण बढ्नेछ । सुख आनन्द बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । मित्रमिलन हुनेछ । समस्याको समाधान मिल्नेछ । दायित्व पूरा गर्नुहुनेछ । उत्साह बढ्ला । साझेदारीको काम बन्नेछ । आयस्रोत बढ्ला ।