आजको पञ्चाङ्ग एवम् राशिफल (२६ भदौ २०७८ शनिबार, ११ सेप्टेम्बर २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ भदौ २०७८ शनिबार, ११ सेप्टेम्बर २०२१)



■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४३ नेपाल सं. ११४१ श्री सूर्योदक्षिणायने वर्षा ऋतु राक्षसनामक संवत्सर वि.सं. २०७८ भाद्र २६ गते तद् अनुसार सन् २०२१ सेप्टेम्बर ११ तारिख शनिबार भाद्र शुक्लपक्ष पञ्चमी तिथि स्वाती नक्षत्र ऐन्द्र योग बब करण आनन्दादिमा सिद्धि योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४७ मा भयो र सूर्यास्त साँझ १८ः११ मा हुनेछ । ऋषिपञ्चमी व्रत, सप्तर्षि पूजा, धर्मविनायक राष्ट्रिय रथयात्रा ।

आजको राशिफल

मेष – आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । आय बढ्नेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सन्ततिसुख धन यश इष्टमित्र बढ्लान् ।

वृष – धन बढ्नेछ । मिठो भोजन प्राप्त होला । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । मान महत्व आरोग्यता बढ्नेछ । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।

मिथुन – अन्नधन बढ्नेछ । आयस्रोत वृद्धि हुनेछ । रोकिएको धन उठ्नेछ । ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आशा उत्साह बढ्ला, नयाँ काममा सफलताको लागि विशेष ध्यान दिनुपर्ला ।

कर्कट – व्यस्तता बढ्नेछ । बढी परिश्रमले प्रगति हुनेछ । दौडधुप वृद्धि होला । व्यवसायिक पक्षसित सम्बन्धित काम बन्नेछ । जोखिममा नपर्नु उचित होला । रसरागमा रुचि बढ्ला । आफ्नै बल विवेकले काम बन्नेछ ।

सिंह – मान महत्व पुरस्कार मिल्नेछ । उन्नति हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्ला । आफन्तको सहयोग मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ ।

कन्या – व्यस्तता बढ्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ । मिठो भोजन मिल्नेछ । यात्रा होला । सुख शान्ति समृद्धि बढ्नेछ । कुनै पनि शारीरिक र आर्थिक जोखिममा नपर्नु उचित रहला । बौद्धिक र रचनात्मक कार्यमा लाग्नु बेस हुनेछ र सफलता पनि मिल्नेछ ।

तुला – धनको आगमन भइरहनेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्नेछ । समस्याको समाधान मिल्नेछ । सुख समृद्धि मान पुरस्कार आदिमा बिघ्नबाधाको डर रहला । मिठो भोजन खान पाउनुहुनेछ । अरुसित मिलेर काम गर्नु बेस रहला तर अरुको भरमा बस्नु र विवादमा पर्नु उचित हुने छैन ।

वृश्चिक – आयस्रोत बढ्ला । लगानी उठ्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आरोग्यताप्रति ध्यान दिनुपर्ला । शत्रुसित लड्ने क्षमता बढ्नेछ । आफन्तको सहयोग प्राप्त होला । आर्थिक पक्ष बलियो बन्नेछ । साथीभाइको साथ मिल्ला ।

धनु – धर्मपथमा सफलता मिल्नेछ । उन्नति हुनेछ । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सुख सन्ततिसुख बढ्नेछन् ।

मकर – खर्च र लगानी बढ्ला । धोखा हुने ठगिने सम्भावना रहनेछ । सोचीविचारी काम गर्नु अनुकुल रहनेछ । विलासमा आकर्षण रहला । नियमकानूनलाई ध्यानमा राख्नुपर्नेछ । ऋण रोग र शत्रुप्रति सचेत रहनुपर्नेछ ।

कुम्भ – धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

मीन – आय वृद्धि होला । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मान पुरस्कार मिल्नेछ । गौरवमा बढोत्तरी हुनेछ । लगानी उठ्नेछ । अन्नधन बढ्ला । सुख शान्ति मान महत्व बढ्नेछ । साझेदारीको काम बन्ला । हांसविलासमा आकर्षण बढ्ला । आरोग्यता बढ्नेछ ।