पौडी र तेक्वान्दो टोली सर्बिया प्रस्थान

पौडी र तेक्वान्दो टोली सर्बिया प्रस्थान



आईएसएफ यु-१५ वर्ल्ड स्कुल स्पोर्ट्स गेम्समा सहभागी हुन १५ खेलाडीसहित २४ सदस्यीय नेपाली पौडी र तेक्वान्दो टोली सर्बियाको बेल्ग्रेड प्रस्थान गरेको छ ।

सेप्टेम्बर ११ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा ९ पौडी र ६ तेक्वान्दो खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । पौडी खेलाडीमा अजलकाजी ताम्राकार, अल्भिन महर्जन, अनुसिया तण्डुकार, जाडेन श्रेष्ठ, तेन्जिन नाम्दोलरियन गुरुङ, टिशा चित्रकार, तेजस्वि फाइजु, पलिस्था महर्जन र यात्रा केीि रहेका छन् । तेक्वान्दो खेलाडीमा सुजल कार्की, लवाङ लामा, शेख इरफान, प्रतिष्ठा केसी, सुविना तामाङ र सिमानी लामा छन् ।

पौडीको प्रशिक्षकमा नयना शाक्य, तेक्वान्दोको प्रशिक्षकमा रोशन बोहरा र सुवास तामाङ तथा टिम व्यवस्थापकमा सोविनराज रेग्मी छन् । आईएसएफ डेलिगेटमा राजकुमार कार्की, हेड अफ डेलिगसनमा मोहनकुमार कार्की, डेपुटी हेड अफ डेलिगेसनमा मिना महर्जन र एडिसनल अफिसियलमा देवेन्द्र राना मगर छन् । तेक्वान्दोका राकेशकुमार राईले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बिदाइ गरेका थिए ।