महाभियोगको सामना गरेर संसदमार्फत न्यायप्रणालीमाथिका सबैका अनैतिक काला कर्तुत राष्ट्रसमक्ष राखेर मुलुकमा स्वच्छ न्याय व्यवस्था निर्माणको ढोका खोल्ने ऐतिहासिक भूमिकाको लागि तयार रहनुहोस् चोलेन्द्रजी !
- केशवप्रसाद भट्टराई

दीपकराज जोशी र गोपाल पराजुलीमाथिको तपाईंको व्यवहार हेर्दा हुन त तपाईंलाई खुचिङ्ग भन्नुपर्ने हो, तर भन्दिनँ !
तपाईं पदको मर्यादा र गरिमाअनुरूप स्वच्छ र इमान्दार पनि नहुनुहोला, सम्माननीय चोलेन्द्रशमशेरजी !
तर निवेदन छ, भिडेर बस्नोस्, देशको प्रधानन्यायाधीश बारम्बार पराजित हुनु हुँदैन !
देशको प्रधानन्यायाधीशले बारम्बार यो र त्यो किसिमले जोशी र पराजुलीको नियति ब्यहोरेर पराजित हुन हुँदैन !
०००
सम्पूर्ण प्रणालीमा सुधारको शर्तमा बाहेक अर्को त्यस्तै व्यक्तिलाई बाटो खोलिदिन,
कसैको प्रधानन्यायाधीश हुने पालो छिटो बनाइदिन मात्रै छोड्नु हुँदैन चोलेन्द्रजी,
आउँछ भने महाभियोग आओस् !
संसद्मा हुने बहसमा सबैको पोल खोलिदिनोस् !
स्पष्ट कुरा जस्ताको तस्तै राखिदिनोस् ।
सबैका काला कर्तुत उदाङ्ग होउन् ।
त्यसले न्यायक्षेत्रलाई भ्रष्ट बनाउने धेरैको मुटुमा अहिलेदेखि नै ढ्याङ्ग्रो बज्न शुरू गरोस् !
अनि मात्रै देशले न्यायपालिकामा सुधार ल्याउन सवल प्रयत्न गर्दछ ।
यो हुन्छ देशलाई र न्याय क्षेत्रलाई तपाईंको योगदान !
०००
मैले रोजेको न्यायाधीशले मेरो मुद्दा लड्नुपर्छ भन्ने वकिलहरू !
आफ्ना समकक्षी न्यायाधीशहरू बसेको इजलासमा हामी बस्दैनौँ भनेर अदालतमा सामूहिक राजनीतिक गूट बनाउने न्यायाधीशहरू !
न्यायाधीशहरूलाई सडकमा आउन अपिल गर्ने पूर्वन्यायाधीशहरू !
फैसला लेख्ने महान् र सक्षम न्यायाधीश एउटा – एक दिनअघि मात्र फैसला पढेर हस्ताक्षर गर्ने चोलेन्द्र समशेरले मन्त्रालयमा भाग खोजे होलान् कि लेख्ने र मिलाउनेहरुले– त्यसबारे सत्यतथ्य केलाउन नसक्ने अनि सडकको खपथके लागि समाचार बनाउने समाचार व्यापारीहरू,
दलको कोटामा भागबण्डामा परेर सर्वोच्चमा पनि दलीय गठबन्धन खडा गरेर राज गर्न खोज्ने छाडा र अराजक न्यायाधीशहरूको दबाबमा,
ती वकिल, न्यायाधीश र तिनलाई बोक्ने मिडियाहरुले चलाएको दुष्प्रचारको भरमा भाग्नुभयो भने तपाईंलाई दुनियाँले कायर र दोषी बुझ्दछ चोलेन्द्रजी !
तपाईं गलत सावित हुनुहुन्छ ।
पुनः आग्रह छ, नभाग्नुस् !
शिखण्डीहरूसँग पराजय स्विकार नगर्नुहोस् !
पर्छ भने महाभियोगको सामना गर्नोस् !
अहिलेदेखि नै लेख्न र लेखाउन थाल्नुहोस् आफ्नो बयान !
न्यायिक क्षेत्रमा भ्रष्टाचार छ तर त्यो भ्रष्टाचारमा राजनीतिक क्षेत्र झन् नाङ्गो छ,
त्यसले न्याय क्षेत्रलाई भ्रष्ट बनाउने धेरैको मुटुमा अहिलेदेखि नै ढ्याङ्ग्रो बज्न शुरू गरोस् !
०००
वकिलहरू बिचौलिया छन् अनि गजेन्द्र हमाल जस्ता इमान्दार र त्यागी नेतालाई बलीको बोको बनाएर न्यायालयमाथि आक्रमण गर्ने कुत्सित षड्यन्त्रको एक-एक कुरा बाहिर आउनुपर्दछ प्रधान न्यायाधीशज्यु !
आफ्ना विगतका गल्ती पनि स्वीकार गरेर अरूका गल्तीलाई नांगेझार पारेर राष्ट्रको सेवा गर्ने अमूल्य अवसर नगुमोस् !
साहस गर्नुहोस् !
न्याय गर्नुहोस् आफ्नो नाउँपछाडिको ‘जबरा’लाई !
…
…
Courtesy Keshav Bhattarai’s Facebook
प्रतिक्रिया