केपीविरुद्ध सत्तापक्ष एकजुट

केपीविरुद्ध सत्तापक्ष एकजुट


file photo

डडेलधुरामा शेरबहादुर देउवा पहिलेभन्दा कमजोर बन्नुभएको छ । त्यहाँका लोकप्रिय नेता कर्णबहादुर मल्ललाई देउवाले ज्यादा चिढ्याउनुभएकोले पनि उक्त निर्वाचन क्षेत्र देउवाका निम्ति सूरक्षित मानिँदैन । माओवादी र माधव नेपालले आफ्ना तर्फबाट उम्मेदवार खडा नगरेको या कमजोर उम्मेदवार खडा गरेको स्थितिमा मात्र देउवा सूरक्षित हुनुहुने सम्भावना छ र, अन्ततः यस्तै हुने विश्वास गरिएको छ ।


अन्ततः काङ्ग्रेसले माओवादीलगायतका दलहरूसँग चुनावी गठबन्धन गरेको छ । निर्वाचनको मूख्य प्रतिष्पर्धी नेकपा एमालेलाई परास्त गर्न काङ्ग्रेस जोसुकैसँग गठबन्धन गर्न तयार रहेको पुष्टि राष्ट्रियसभाका रिक्त १९ सदस्यका निम्ति हुने निर्वाचनका क्रममा भएको सहकार्यले गरेको छ । यस प्रकरणले आगामी दिनमा शेरबहादुर देउवा र केपी ओलीका बीच सहकार्य हुन सक्छ भनी यसअघि हुँदै आएको अनुमानलाई खारेज गरिदिएको छ । वर्तमान सत्ता गठबन्धनमा सामेल सम्पूर्ण घटकहरूको साझा गन्तव्य जसरी भए पनि केपी शर्मा ओली र उहाँको पार्टीलाई सत्तामा पुग्न नदिनु र, आगामी निर्वाचनपछि पनि सत्ता प्राप्त गर्नु हो । त्यसैले केपीलाई ‘सिध्याउने’ एजेण्डामा सत्ता घटकका नेताहरूको समान धारणा बनेको छ ।

एमसीसीको मुद्दामा प्रधानमन्त्री देउवा र प्रचण्डबीच के-कस्ता समझदारी बनेका छन् भन्ने अहिलेसम्म यकीन हुन सकेको छैन । माओवादी पार्टी र माधव नेपालको समूह एमसीसी अनुमोदनको विपक्षमा भए पनि यो मुद्दामा प्रचण्डको भूमिका दोहोरो भएको पाइएको छ । देउवा र अमेरिकालाई अनेक बहाना बनाएर अलमल्याउने र आगामी संसदीय निर्वाचनसम्म ‘एमसीसी’ अनुमोदन नगराउने प्रचण्डको चाल रहेको बुझिन्छ । तर प्रधानमन्त्री देउवा यही संसद्बाट एमसीसी अनुमोदन हुनेमा ढुक्क रहनुभएको छ । यदि एमसीसीका विषयलाई व्यवस्थापन गर्न देउवा र प्रचण्ड सफल हुने हो भने विद्यमान सत्ता गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तर प्राप्त गर्ने र, निर्वाचनमा समेत विशेष सहमति बन्ने सम्भावना छ ।

केन्द्रीय स्तरमा चुनावी गठबन्धन भएको नदेखाइए पनि नेताहरूका निम्ति चुनाव जित्न सजिलो बनाइने निश्चित छ । डडेलधुरामा शेरबहादुर देउवा पहिलेभन्दा कमजोर बन्नुभएको छ । त्यहाँका लोकप्रिय नेता कर्णबहादुर मल्ललाई देउवाले ज्यादा चिढ्याउनुभएकोले पनि उक्त निर्वाचन क्षेत्र देउवाका निम्ति सूरक्षित मानिँदैन । माओवादी र माधव नेपालले आफ्ना तर्फबाट उम्मेदवार खडा नगरेको या कमजोर उम्मेदवार खडा गरेको स्थितिमा मात्र देउवा सूरक्षित हुनुहुने सम्भावना छ र, अन्ततः यस्तै हुने विश्वास गरिएको छ । माधव नेपाल, प्रचण्ड, उपेन्द्र यादव र बाबुराम भट्टराईलगायतका निम्ति पनि काङ्ग्रेसले सजिलो बनाइदिने निश्चितप्रायः छ । माधव नेपाल रौतहटबाट, बाबुराम गोर्खाबाट, प्रचण्ड रुकुम या रोल्पाबाट र उपेन्द्र यादव मोरङ या सुनसरीबाट उम्मेदवार बन्ने योजनामा भएको बुझिएको छ ।

उल्लिखित सबैको निर्वाचन क्षेत्रमा काङ्ग्रेसले सजिलो बनाइदिने सङ्केतहरू देखिएका छन् । आगामी संसदीय निर्वाचनमा आरजु राणालाई जसरी भए पनि विजयी गराउने मानसिकतामा शेरबहादुर देउवा रहनुभएको छ । त्यसैले आरजुलाई विजयी गराउन पनि देउवाले माओवादी र माधव नेपालको सहयोग लिन सक्ने सम्भावना छ । त्यसो गर्दा माओवादी, माधव र उपेन्द्रको समूहले पनि अर्का कुनै नेतालाई जिताएर संसदमा प्रवेश गराउन काङ्ग्रेसको सहयोग प्राप्त गर्नेछन् । यस्तै राजनीतिक अवस्था कायम रहे शीघ्र संसदीय निर्वाचनको सम्भावना कम देखिन्छ । प्रधानमन्त्री देउवा आगामी वैशाख-जेठमा स्थानीय र संसदीय निर्वाचन एक साथ गराउने पक्षमा रहनुभएको बुझिन्छ । प्रचण्ड र माधव सहमत भए आगामी जेठभित्रै निर्वाचन हुनेछ, होइन भने आउँदो मङ्सिरमै चुनाव हुने र चुनावमा सत्ता गठबन्धनका नेताहरूबीच विशेष सहमति बन्ने निश्चितप्रायः छ ।

उता नेकपा एमालेले भने राप्रपा र लोसपालगायतका दलहरूसँग चुनावी गठबन्धन बनाएर मैदानमा उत्रिने सम्भावना छ ।