‘पेवा राजा’को पुनर्वहाली खोज्ने को हुन् ?

‘पेवा राजा’को पुनर्वहाली खोज्ने को हुन् ?


काङ्ग्रेस आउँदा काङ्ग्रेसीले मात्र मौका पाउने कम्युनिष्ट सत्तामा पुग्दा कम्युनिष्टले मात्र खाने-पिउने र राजसंस्था पुनर्बहाली हुँदा पञ्च र मण्डलेहरूले मात्र अवसर पाउने अवस्था-व्यवस्थाको चाहना नेपाली जनताले राखेका होइनन् । सिद्धान्ततः गणतन्त्रको वकालत गर्नेहरूको समेत आस्थाको केन्द्र बन्न सक्नुपर्छ राजाले । एउटा व्यक्ति या एकथरी मानिसको पिँजडामा पालिने सुगा-मैनाले अर्काथरीको भाषा र इच्छा बोल्ने सामर्थ्य राख्दैन ।
  • देवप्रकाश त्रिपाठी

सृष्टिको नियमभन्दा भिन्न प्रकारले कुनै पनि प्राणी संसारमा जीवित रहन सक्ने छैनन् । संसार परिवर्तनशील छ र परिवर्तन नै सृष्टिको नियम हो । त्यसैले गतिमा अवरोध पैदा नगर्ने, बरु गतिको गतिलाई सुचारु रहन दिने व्यवस्थापनको आयु अलिक दीगो हुन सक्छ । पिण्डमा प्राणीको उत्पत्ति र विकास पनि एउटा गति नै हो, हिजो हामी जहाँ थियौँ आज त्यहाँ छैनौँ र, भोलि कस्तो अवस्थामा पुग्छौँ भन्ने अनिश्चित भए पनि यही अवस्थामा नरहने निश्चित छ । हिमाल पग्लिएर पानी बन्नु, पानी एकत्रित भएर खोला, खोलाहरू मिलेर नदीमा रूपान्तरित हुनु, नदीहरू समुद्रमा मिसिएर महासागर बन्नु, महासागरको पानी वाफ बनेर उड्नु, उडेको पानी हिउँ बनेर खस्नु या पानीकै रूपमा वर्षा हुनु र, वाफका रूपमा महासागरबाट उडेको सोही पानी समुद्रसम्म पुग्नु गतिको एउटा चक्र हो । जसरी पानीको गतिचक्रले सृष्टिमा निरन्तरता पाइरहेको हुन्छ, त्यसरी नै मानव समाजको सोच-व्यवहारले सृष्टिचक्रको नियम पूरा गरिरहेको हुन्छ । गतिचक्रको नियम बुझ्न र तदनुरूप व्यवहार गर्न सक्नेहरूको विशिष्टता बारम्बार झल्किरहेका हुन्छन् ।

जगतलाई बुझ्ने दुई आँखा छन्- पदार्थवादी र चेतनपन्थी । जगतको विकासमा पदार्थ र चेतनतत्व दुवैको आ-आफ्नै भूमिका रहिआएको छ र, मानिस पनि भौतिकवादी र अध्यात्मवादी विचारधारामा उभिएर विकासको गतिचक्रमा योगदान पुऱ्याइरहेका हुन्छन् । भौतिकवादीहरू संसार गतिशील भएको ठान्छन् र, अध्यात्मवादीहरू पनि संसार गतिशील रहेको विश्वास गर्छन् । रोचक पक्ष के छ भने भौतिकवादीहरू जो जगतको सबै तत्व नासवान ठान्छन्, उनीहरूको व्यवहारचाहिँ चीरस्थायीत्व खोज्ने मनोदशाबाट ग्रसित देखिन्छ र, अध्यात्मवादीहरू, जो देखिने संसार नासवान र चेतनतत्व स्थायी ठान्छन्, यिनको व्यबहारमा भौतिकवादीहरूमा जस्तो चीरस्थायित्वको अपेक्षा भेटिँदैन ।

नेपाल यतिबेला चरम भौतिकवादीहरूको कब्जामा छ, त्यसैले उनीहरू संविधान र सत्ताको चीरस्थायित्व खोज्दैछन् । आजको नेपाल केवल पृथ्वीनारायण शाहको योगदान हो र, जुन राजाले देश एकीकरण गरे, तिनैको बङ्शज राजा भइरहेको मुलुक पनि नेपाल नै हो । यद्यपि राजा चीनले एकीकृत गरेको मुलुक चीनमा पनि अहिले राजा छैनन्, तर चीन र नेपालको आकार, स्थिति र अवस्थितिमा निकै ठूलो अन्तर छ । हामी आकारमा सानो मात्र छैनौँ, संवेदनशील भूअवस्थितिमा पनि छौँ, सानो गल्तीको ठूलो परिणाम भोग्नुपर्ने नियतिसहित हामी हाम्रो अस्तित्वरक्षा गर्दैछौँ ।

यतिबेला मुलुकमा वामपन्थी सत्ता रहेको र, राजसंस्था पुनर्स्थानालाई नै अबको परिवर्तनको मूल आधार मान्ने गरिएकोले परिवर्तनको नेतृत्व राजा स्वयम्बाट हुनुपर्छ भन्ने School of thought (विचार)ले नेपाली राजनीतिलाई सङ्क्रमित गर्दै लगेको छ । राजाको नेतृत्वमा राज्य विस्तार या राष्ट्ररक्षाका निम्ति सङ्घर्ष हुन सक्छ, तर राजनीतिक परिवर्तनको नेतृत्व राजाबाट हुनु हुँदैन, त्यो राष्ट्र र राजाका निम्ति घातक हुनेछ । राजाले सिङ्गै मुलुक र जनताको नेतृत्व गर्न सक्छन्, कुनै वाद या विचार–समूहको नेतृत्व गरेर राजनीतिक परिवर्तनको आन्दोलनमा राजाको सहभागिता या संलग्नता हुन मिल्दैन । राजालाई सबैको साझा आस्थाको संस्थाका रूपमा हेरिन्छ ।

हाम्रा छिमेकी मुलुकहरू भारत र चीन कसैको स्वप्न-योजनाको शिकार बन्न सक्दैनन् । भारत र चीनको अस्तित्व मेट्ने या मेटिने कुराको कल्पनासम्म गरिँदैन । तर नेपालले कहीँ भुलचुक गऱ्यो भने यसले आफ्नो अस्तित्वरक्षाका निम्ति नै अनेकौँ जटिलताहरूको सामना गर्नुपर्ने हुन्छ । जनताबीचको एकता र सर्वोच्च तहमा निष्पक्ष एवम् सर्वस्वीकार्य राष्ट्रप्रमुख रहेकाले मात्र नेपाल यो कालखण्डसम्म जोगिएको हो । तर २०७२ सालमा जारी संविधानका अन्तरवस्तु र, उक्त संविधानको स्वामित्व लिने राजनीतिक दलहरूको नीति, सोच र व्यवहारले नेपाली समाजको एकता र सद्भाव भत्काउने तथा राज्य दुर्बल बनाउने काम मात्र गर्दै आएको छ । वि.सं. २००७ को राजनीतिक परिवर्तनयता हामीले मूलतः तीन प्रकारका राजनीतिक प्रणालीको अभ्यास-प्रयोग गऱ्यौँ । २०१९ देखि २०४६ सम्म राजाको सक्रियतासहितको निर्दलीय पञ्चायती प्रजातन्त्र, २०४७ देखि २०६२ सम्म संवैधानिक राजतन्त्रसहितको बहुदलीय संसदीय प्रजातन्त्र र २०६३ यता प्रयोग भइरहेको सङ्घीयतासहितको गणतन्त्रात्मक प्रणालीको तुलनात्मक अध्ययन गर्दा आमनेपाली जनता पछिल्लो प्रयोगमा सर्वाधिक असन्तुष्ट र निराश रहेका देखिन्छन् ।

विश्वमा प्रचलित संसदीय प्रजातन्त्र र राष्ट्रिय एकताविरुद्ध तिकडम, जालझेल र हिंसात्मक सङ्घर्ष गरेर प्रयोगमा ल्याइएको धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्रात्मक प्रणालीमा टेकेर एकदलीय चरित्रको ‘नयाँ जनवाद’ या ‘समाजवाद’मा छलाङ्ग मार्ने मनशाय र योजनाका साथ एकथरी अति वामपन्थी शक्ति नेपाली राजनीतिमा क्रियाशील भइरहेका छन् र, यही राजनीतिक यात्रालाई उनीहरूले ‘अग्रगमन’को संज्ञा दिएका छन् । भूतपूर्व प्रजातन्त्रवादी पार्टी नेपाली काङ्ग्रेसचाहिँ माओवादीमार्फत अदृष्य शक्तिकेन्द्रहरूले स्थापना गरिदिएको प्रणाली र एजेण्डाको एक मात्र स्थायी सारथी बन्न पुगेको छ । माओवादी कम्युनिष्टहरूलाई भरिया बनाएर भित्र्याइएका एजेण्डाहरूको रक्षा र कार्यान्वयन गर्ने मूल दायित्व काङ्ग्रेसमा हस्तान्तरण भएको छ । मधेशकेन्द्रीतका रूपमा चिनिएका नेता र तिनका समूहहरू आत्मकेन्द्र र अवसरवादको ज्वलन्त दृष्टान्त बनिरहेछन् । समग्रचरित्र राष्ट्रवादी भएर पनि आफ्नै बन्धनमा अल्झिएको नेकपा एमालेको नेतृत्व तहमा आइएजीओ र एनजीओहरूको नियन्त्रण कायम रहेकोले उसले आफूलाई देशको माग र जनताको इच्छाअनुरूप बदल्न खोजेर पनि सकिरहेको छैन ।

एकतिर मुलुकमा क्रियाशील कम्युनिष्ट-काङ्ग्रेसलगायतका दल तथा तिनको नेतृत्वप्रति जनआस्थामा भारी ह्रास आएको छ भने अर्कोतिर पार्टीसदस्य विस्तारलाई उच्च प्राथमिकता दिँदै आएका उल्लिखित दलहरू नै सङ्गठनात्मक दृष्टिले सबैभन्दा शक्तिशाली छन् । अदृष्य शक्तिको कब्जामा नेतृत्व, नेतृत्वको नियन्त्रणमा कार्यकर्ता र कार्यकर्ताका पकडमा नागरिक रहेका कारण नेपाली समाज नराम्रोसँग विभाजित, विश्रृङ्खलित र कमजोर बनेको छ । लोकतन्त्र र अग्रगमनको नाममा फासिवादी अभ्यास नेपालमा भइरहेको छ । कार्यकर्ताको नाममा ‘लठैत’हरूको सङ्ख्या बढाएर तिनको नियन्त्रणमा समाजलाई राख्ने र, राज्यसत्ता र संयन्त्रलाई उच्च राजनीतिक तहले आफ्नो काबुमा लिएर शासन गर्ने सोचलाई फासिवाद भनिन्छ । राज्य संयन्त्र र समाजलाई नियन्त्रणमा लिएर शासन गर्न अहिलेसम्म काङ्ग्रेस-कम्युनिष्टलगायतका वामपन्थीहरू सफल छन्, जतिसुकै खराब र बदनाम भए पनि उनीहरू नै यतिबेला बलिया छन् । र, यो शक्ति बलियो भए पनि जनताका दृष्टिमा धेरै तल खसेका छन् ।

वामपन्थी दिशातर्फको परिवर्तन उत्कर्षमा पुगेको र, सबै आकारप्रकारका वामपन्थी दलहरू अदूरदर्शी तथा नेतृत्व भ्रष्ट र अति सुविधाभोगी भएकोले नेपालमा कम्युनिष्ट विचार दर्शन अनुरूपको राज्य सत्ता स्थापना हुन मुस्किल छ । यी ‘नयाँ’ हरूले देश र जनताका हितमा केही नगरेका, गर्न नसक्ने, र, सृष्टिको नियम अनुसार देश यही अवस्थामा स्थिर भएर रहन पनि नसक्ने भएकोले परिवर्तनको अपरिहार्यतालाई नकार्न सकिँदैन । त्यसैले अबको परिवर्तन वामपन्थविमुख राष्ट्रवाद र देशभक्तितर्फको आन्दोलनबाट हुनेछ ।

पञ्चहरू आत्मकेन्द्रीत र अवसरवादी थिए, कर्मचारी र सूरक्षाकर्मीको मात्र बलमा कुनै पनि प्रणालीलाई चीरस्थायी बनाउन सकिँदैनथ्यो, राजाको आफ्नै कुनै सङ्गठन थिएन र सबै नागरिकलाई आफ्नो ठान्नुपर्ने राजाले बेग्लै सङ्गठन खोलेर आफू निश्चित पक्षको भएको सन्देश दिन मिल्ने पनि थिएन । त्यसैले एउटा सानो झोक्काले बलवान देखिने पञ्चायती प्रणाली सजिलैसँग गल्र्याम्मगुर्लुम ढाल्यो ०४६ सालमा । २०६३ सालमा प्रजातन्त्रको विस्थापन अनेकौँ कपट र हिंसात्मक क्रियाकलापका कारण सजिलैसँग भइदियो । तर वर्तमान फासिवादी शासन प्रणालीको विस्थापन सजिलैसँग हुने अनुमान या कल्पना गर्न सकिँदैन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका कारण कम्युनिष्टहरूको एकदलीय अधिनायकवादतर्फको यात्रा सहज देखिँदैन । विद्यमान संविधान तथा प्रणाली भत्काउने इच्छा र योजना भएर पनि कम्युनिष्ट आफ्नो अभीष्टप्राप्तिमा असफल छन् । वर्तमान संविधान र प्रणालीरक्षाको मूल जिम्मेवारी पाएको काङ्ग्रेस आफैं एकदलीय अधिनायकवादमा छलाङ मार्ने यात्राको सहयात्री बन्न नखोज्ला ! देशको बर्बादी द्रुत गतिमा भइरहेकोले आमजनता विद्यमान नेतृत्व र प्रणालको विस्थापन चाहन्छन् । वामपन्थी दिशातर्फको परिवर्तन उत्कर्षमा पुगेको र, सबै आकारप्रकारका वामपन्थी दलहरू अदूरदर्शी तथा नेतृत्व भ्रष्ट र अति सुविधाभोगी भएकोले नेपालमा कम्युनिष्ट विचार दर्शन अनुरूपको राज्य सत्ता स्थापना हुन मुस्किल छ । यी ‘नयाँ’ हरूले देश र जनताका हितमा केही नगरेका, गर्न नसक्ने, र, सृष्टिको नियम अनुसार देश यही अवस्थामा स्थिर भएर रहन पनि नसक्ने भएकोले परिवर्तनको अपरिहार्यतालाई नकार्न सकिँदैन । त्यसैले अबको परिवर्तन वामपन्थविमुख राष्ट्रवाद र देशभक्तितर्फको आन्दोलनबाट हुनेछ । राष्ट्रवाद र देशभक्तिप्रति प्रतिवद्ध मौलिक राष्ट्रिय शक्तिलाई वामपन्थीहरूले दक्षिणपन्थीको संज्ञा दिन सक्छन् । देशभक्त र राष्ट्रवादी हुनु भनेकै दक्षिणपन्थी बन्नु हो भन्ने ज्ञान पाउन बाँकी मानिसहरू यस कुराले झस्कन सक्छन्, तर वास्तविकता यही हो कि नेपालको अबको परिवर्तनले दक्षिणपन्थी मर्मको अनुशरण गर्नेछ ।

संसदीय प्रजातन्त्र र राष्ट्रिय एकताविरुद्ध तिकडम, जालझेल र हिंसात्मक सङ्घर्ष गरेर प्रयोगमा ल्याइएको धर्मनिरपेक्षतासहितको सङ्घीय गणतन्त्रात्मक प्रणालीमा टेकेर एकदलीय चरित्रको ‘नयाँ जनवाद’ या ‘समाजवाद’मा छलाङ्ग मार्ने मनशाय र योजनाका साथ एकथरी अति वामपन्थी शक्ति नेपाली राजनीतिमा क्रियाशील भइरहेका छन् र, यही राजनीतिक यात्रालाई उनीहरूले ‘अग्रगमन’को संज्ञा दिएका छन् । भूतपूर्व प्रजातन्त्रवादी पार्टी नेपाली काङ्ग्रेसचाहिँ माओवादीमार्फत अदृष्य शक्तिकेन्द्रहरूले स्थापना गरिदिएको प्रणाली र एजेण्डाको एक मात्र स्थायी सारथी बन्न पुगेको छ ।

वामपन्थीहरू दक्षिणपन्थी विचारको प्रतिनिधिपात्रका रूपमा राजालाई लिन्छन् । राज्य विलोप नगरिकन कम्युनिज्म (साम्यवाद) स्थापना हुन नसक्ने र राजा अर्थात् राजसंस्थाहरू राज्य विघटन (विलोप) गर्ने विचार-योजनाको अन्तिम बाधक बन्ने भएकोले हुन सक्छ, संसारभरिका वामपन्थीहरूले राजा र राजसंस्थालाई मूख्य शत्रुका रूपमा व्यवहार गरिरहेका हुन्छन् । यतिबेला मुलुकमा वामपन्थी सत्ता रहेको र, राजसंस्था पुनस्र्थापनालाई नै अबको परिवर्तनको मूल आधार मान्ने गरिएकोले परिवर्तनको नेतृत्व राजा स्वयम्बाट हुनुपर्छ भन्ने School of thought (विचार)ले नेपाली राजनीतिलाई सङ्क्रमित गर्दै लगेको छ । राजाको नेतृत्वमा राज्य विस्तार या राष्ट्ररक्षाका निम्ति सङ्घर्ष हुन सक्छ, तर राजनीतिक परिवर्तनको नेतृत्व राजाबाट हुनु हुँदैन, त्यो राष्ट्र र राजाका निम्ति घातक हुनेछ । राजाले सिङ्गै मुलुक र जनताको नेतृत्व गर्न सक्छन्, कुनै वाद या विचार-समूहको नेतृत्व गरेर राजनीतिक परिवर्तनको आन्दोलनमा राजाको सहभागिता या संलग्नता हुन मिल्दैन । राजालाई सबैको साझा आस्थाको संस्थाका रूपमा हेरिन्छ । माओवादी, गान्धीवादी, लेनिनवादी, प्रजातन्त्रवादी र साम्यवादी या गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, शिल्पी, झा, यादव, नेवार, राई, लिम्बु, थारु, राजवङ्शी, महतो, साह, तेली, ठकुरी आदिको साझा बन्नुपर्ने राजा वास्तवमा राष्ट्रिय एकताका प्रतीक हुन्, हुन्छन् । अबको परिवर्तनले राजसंस्था पुनर्स्थापित गर्दा पनि राजा पञ्च, मण्डले या राणा-शाहको खास प्रतिनिधिका रूपमा रहने छैनन् र, राजालाई ‘राजा सबका साझा’ हुन्छन् भन्ने मान्यताविपरीत प्रयोग, उपयोग या दुरूपयोग गर्न खोज्नु राजा र राष्ट्र दुवैका निम्ति दुर्भाग्य हुनेछ ।

नेपालमा विचारको विविधता छ, सांस्कृतिक र सामाजिक विविधता छ । यस्तो विविधता भएको मुलुकमा एकथरि मानिस ‘राजावाद’ र ‘राजावादी’का रूपमा आफूलाई स्थापित गर्न खोज्दैछन् । राजा वाद या विचार हुँदैनन्, राष्ट्रवाद र देशभक्ति नै राजाको विचार हो, हुने गर्छ । नेपालमा ‘राजावादी’ विजयी बनेको अवस्थामा मात्र राजसंस्था पुनस्र्थापित हुने कल्पना गरिन्छ भने त्यसपछि गैह्र‘राजावादी’हरू आन्दोलित हुने, कुनै खास बिन्दुमा उनीहरू विजयी बन्ने र, राजसंस्था पुनः विस्थापित हुने अनुमान पनि गर्नुपर्ने हुन्छ । राजसंस्था पुनस्र्थापनापश्चात कदाचित राजसंस्थाको विपरीत मान्यताका मानिस पुनः सङ्घर्षमा उत्रिए र, उनीहरू आफ्नो उद्देश्यमा सफल भए भने त्यसपछिका राजाको अस्तित्व नारायणहिटीको कुरा छोडौँ, निर्मल निवास या नागार्जुनमा पनि सूरक्षित रहन सक्ने हो कि होइन भन्नेतर्फ पनि अहिले नै विचार गर्नुपर्ने हुन्छ ।

राजा वाद या विचार हुँदैनन्, राष्ट्रवाद र देशभक्ति नै राजाको विचार हो, हुने गर्छ । नेपालमा ‘राजावादी’ विजयी बनेको अवस्थामा मात्र राजसंस्था पुनर्स्थापित हुने कल्पना गरिन्छ भने त्यसपछि गैह्र‘राजावादी’हरू आन्दोलित हुने, कुनै खास बिन्दुमा उनीहरू विजयी बन्ने र, राजसंस्था पुनः विस्थापित हुने अनुमान पनि गर्नुपर्ने हुन्छ ।

त्यसर्थ, राजा कुनै एक समूहको पिँजडाका बन्दी होइनन्, हुन सक्दैनन् र हुनु हुँदैन । राजनीतिक दलहरूभित्र अहिले पनि देशभक्त र राष्ट्रवादीहरूको अस्तित्व नामेट भइसकेको छैन । सबैतिरका देशभक्त-राष्ट्रवादी तथा नागरिकहरूको साझा प्रयासमा मात्र राजसंस्थाको पुनर्जन्म हुनसक्छ र, हुनुपर्छ । एकथरीको ‘पेवा राजा’ नेपालले खोजेको छैन । काङ्ग्रेस आउँदा काङ्ग्रेसीले मात्र मौका पाउने कम्युनिष्ट सत्तामा पुग्दा कम्युनिष्टले मात्र खाने-पिउने र राजसंस्था पुनर्बहाली हुँदा पञ्च र मण्डलेहरूले मात्र अवसर पाउने अवस्था-व्यवस्थाको चाहना नेपाली जनताले राखेका होइनन् । सिद्धान्ततः गणतन्त्रको वकालत गर्नेहरूको समेत आस्थाको केन्द्र बन्न सक्नुपर्छ राजाले । एउटा व्यक्ति या एकथरी मानिसको पिँजडामा पालिने सुगा-मैनाले अर्काथरीको भाषा र इच्छा बोल्ने सामथ्र्य राख्दैन ।

नेपाललाई चीरस्थायी तुल्याउन यसलाई सबै नेपालीको धर्म-संस्कृति संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्रको पहिचान दिनुपर्छ । समाजको एकता र सद्भाव भत्काउने जातीय अवधारणा कानूनतः खारेज गरिनुपर्छ । खण्डित सार्वभौमिकतालाई एकीकृत तुल्याउँदै निष्पक्ष र सर्वस्वीकार्य राष्ट्रप्रमुख रहने संवैधानिक व्यवस्था हुनुपर्छ । एउटा कुनै पक्ष या दल विशेषको राष्ट्रप्रमुख रहँदा कस्तो परिस्थिति निर्माण हुँदोरहेछ भन्ने अनुभव नेपालीले गरिसकेका छन् । मुलुकको समृद्धि, विकास र नागरिकको खुशी आजको अपरिहार्यता हो । समृद्धि र विकासका निम्ति शान्ति र स्थिरता प्रथम शर्त मानिन्छन् भने शान्ति र स्थिरताका शर्त चाहिँ बहुसङ्ख्यक जनताको भावनालाई सम्बोधन गर्ने नागरिकमैत्री राज्य र सरकार हुन् । अहिलेसम्मका अभ्यास र अनुभवले हामी नेपालीलाई धेरै पाठ पढाएको छ, समयको सदुपयोग गरौँ, अबको परिवर्तनलाई राष्ट्रको हितमा केन्द्रीत गरौँ । जय मातृभूमि !