कोटी-कोटी नमन् !

कोटी-कोटी नमन् !


  • ई. गणेशराज वस्ती

राम्रा-राम्रा सोचाइका संसार
ती भित्रका पलपल कति मजा !
त्यही संसारका
करेसाबारीका तरकारी
आहा ! कति मिठा !
कति ताजा !
कहिलेकाहीँ मात्र
पुगिने यस्ता ठाउँ !
जहाँ सधैं
हराउन मन लाग्छ !
के खुल्दैन ? यहाँ पुग्दा !
के झुल्दैन ? यहाँ पुग्दा !
यस गाउँका
सिर्जनाकारलाई
के भनूँ !
कति मानूँ !
वास्तबमा अति मनमोहक छ गाउँ !
सुन्दर गाउँमा
अति सुन्दर करेसाबारी !
भरिका भरि छन्
जताततै भकारी !
रङ्गिएछ वातावरण
मन त्यस्तै रङ्गिएछ !
बासना त्यस्तै !
अगरबत्तीलाई माथ गर्ने !
मेरा सुन्दर लोक यी !
जहाँ मैले
एकैछिन भए पनि
प्रवेश गर्ने मौका पाएँ !
तर,
धेरै रहने अनुमति छैन
जानु नै पर्ने बाध्यता छ !
फर्किएँ पनि,
यस्तो गाउँ र
करेसाबारिका
सर्जकलाई
कोटी-कोटी नमन् !