मीनबहादुर पदमकुमारी पुरस्कार वितरण

मीनबहादुर पदमकुमारी पुरस्कार वितरण


भैरहवा क्षेत्रका समाजसेवी तथा सफल उद्योगी व्यवसायी ओमकार गौचनद्वारा स्थापना गरिएको पुरस्कार वितरण गरिएको छ ।

सोमबार एक कार्यमका बीच मुनलाइट आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा १० को एसइइ परीक्षा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

समाजसेवी गौचनले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरिएको मिनबहादुर पदमकुमारी स्मृति अक्षयकोषबाट हरेक वर्ष मुनलाइन स्कुलमा अध्ययनरत विद्यार्थी मध्ये उत्कृष्ट अंक ल्याउने २ जनालाई पुरस्कार प्रदान गरिन्छ ।

२०७६ सालमा उत्कृष्ट अंकल्याउने सुजिता भट्ट र विनय अग्रहरी, २०७७ मा उत्कृष्ट अंक ल्याउने आनन्द कर्ण र आकाशबन्धु अर्याललाई जनही ३ हजार १ सयका दरले नगद र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालयका प्राचार्य राजेशराज जोशीको अध्यक्षता, अक्षयकोष स्थापनाकार ओमकार गौचनको प्रमुख आतिथ्यता र प्लस टु संयोजक टिकाराम भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।