- केशवप्रसाद भट्टराई

विभेदमा परेका वा पारिएका भनिने र भन्नेहरूले हामीलाई राम्रो शिक्षा र शीप हासिल गर्ने अवसरमा सहयोग गरिदेऊ समानता हामी आफैं आर्जन गर्छौं !
प्रतिष्पर्धा गरेर आउँछौँ भन्न किन नसकेको हो ?
०००
बिनाक्षमता सबै कुरा सस्तैमा पाइने भएपछि शिक्षा र शीप आर्जन गरेर आफ्ना लागि आफैं समानता आर्जन गर्ने नैतिक साहस निर्माण नै हुँदैन अनि विभेद पनि हट्दैन !
फरक ढोकाबाट भित्र छिरेपछि फेरि अलग वर्ग त बनि नै हाल्छ !
सिद्धान्तमा जे भने र भनिए पनि समान सम्मान र व्यवहार पाइन्न !
०००
अनि गतिलो शिक्षा र शीप नमाग्ने, प्रतिष्पर्धामा आउन नसकेर आरक्षणमा पर्न रमाइलो र सहज मान्ने भएपछि र आफैंले विभेद गरिपाउँ भनेर दरखास्त हालेको हो भनेर बुझिन्छ नै ।
०००
अनि समानता सबैभन्दा बढी खोजिने क्षेत्र राजनीति !
यो स्तरको राजनीतिमा त्यत्रो आकर्षण ??
सजिलै, सस्तै, बिनालगानी, बिना परिश्रम, आरक्षणको आधार अनि नेताको दैलो त्यसपछि जीवनमा सबै रहर…
त्यसमाथि समानुपातिकको कुलीन व्यवस्था !
कुरा गर्दा आकाश-पाताल हाक्ने तर चुनावमा जान नसकेर आजीवन समानुपातिक,
मन्त्री र अन्य पदमा समावेशीताको नारा !
प्रजातन्त्रलाई प्रजातन्त्र नै रहन देऊ केही वर्षमा सवै विभेद अन्त्य हुन्छ !
विभेद र आराक्षणको लेप लागेको प्रजातन्त्र कहिल्यै प्रजातन्त्र बन्ने सक्दैन !
०००
हाम्रा यी–यी सीमा हटाइदेऊ तर प्रतिष्पर्धाका लागि हामीलाई फरक व्यवहार चाहिन्न भनेर एक थरीले भन्ने,
अनि सरकारले राम्रो शिक्षा र तालिम लेऊ, त्यसको लागि जे गर्नुपर्दछ सरकारलाई भन अरु हुन्न भनेर भन्न नसकुन्जेल यो ठूलो लाभको विभेद र आरक्षणको उद्योग/व्यवसाय चलिरहन्छ !
यो एउटा अनन्त कालसम्म बसिखाने व्यापार हो !
अनि विभेद रहिरहन्छ, होइन, राखिरहिन्छ !
०००
सात दशक भन्दा बढी भयो भारतले आराक्षणको नीति अवलम्बन गरेको- विभेद यथावत !
विभेदको नाउमा ठूलो लाभ पाइने भएपछि विभेद त सँस्थागत नै हुने भयो नि !
०००
उन्नत शिक्षा, व्यापक स्वास्थ्य सुविधा, शुद्ध र स्वच्छ पिउने पानी, रोजगारीका अवसर, न्युनतम भौतिक पूर्वाधार देऊ, उन्नत र सभ्य प्रजातन्त्र देऊ विभेद आफैँ हराउँछ, यहाँ त राज्य नै विभेदका संरचना निर्माण गरेर विभेद अन्त्य गर्ने नाटक गरिरहेको छ ।
प्रतिक्रिया