नेताहरूको दुस्साहसले निम्त्याएको दुर्दशा

नेताहरूको दुस्साहसले निम्त्याएको दुर्दशा


करिब १८ वर्षअघिको कुरा हो । पङ्क्तिकार सिन्धुपाल्चोक, नुवाकोटलगायतका पहाडहरूमा चेलीबेटी बेचविखनविरुद्ध अभियान चाल्दै थियो । काठमाडौंबाट एकपटक सिन्धुपाल्चोक जानुपर्ने भयो । निसान कम्पनीका जापानी पिकअप मोटरहरू प्रहरीमा थुपै्र किनिएका थिए । मैले माथिल्लो हाकिमसँग पिकअप लिएर काठमाडौंबाट सिन्धुपाल्चोक जाने इच्छा व्यक्त गरेँ । उहाँले नयाँ पिकअप दिन मान्नुभएन, कुनै थोत्रो गाडी लिएर जान भन्नुभयो । थोत्रो त्यहाँ पुग्ने-नपुग्ने ठेगान थिएन । पुनः डराई-डराई मैले नयाँ तर थन्केर बसेको गाडीमध्ये एक पाउन अनुरोध गरेँ । बल्लबल्ल मेरो अनुरोध स्वीकार भयो तर र्सतहरू कडा थिए । कतै ठोक्कियो वा बिग्रियो भने मैले आफ्नै पैसाले बनाउनुपर्ने र त्यसमाथि कारबाही पनि झेल्नुपर्ने ।
कडा र्सतहरू मानेर मैले गाडी त फुत्काएँ, चढ्न पनि मज्जै आयो तर कतै दर्ुघटना होला कि भन्ने चिन्ताले भने निक्कै सतायो । म यसै आशङ्कामा फ्रन्ट सिटमा बसेर ड्राइभरलाई बारबार अलर्ट गर्दै थिएँ । अगाडिबाट कुनै गाडी आएको देखे परैबाट ड्राइभरलाई अलर्ट पारिहाल्थेँ । धुलिखेल पुग्दा काभे्र जिल्ला प्रहरी प्रमुख र हालका एआईजी अर्जुनजंग शाही मलाई कुरिरहेका थिए । उनलाई पनि लिएर सिन्धुपाल्चोक जाने कार्यक्रम थियो । हामी दुवै एउटै ब्याचका इन्सपेक्टर भएकोले भेट हुँदा पनि निकै आत्मीयता हुने गर्दथ्यो । अर्जुनलाई पछाडि सिटमा राखी आफू अगाडि बस्दा मलाई अलि अप्ठ्यारो लाग्यो । उनलाई अगाडि सिटमा राख्नैकै लागि मैले गाडी चलाउने निर्णय गरे जसै ड्राइभिङ सिटमा बसे खतरनाक हाकिमका खतरनाक चेतावनी याद आयो । म त्यतिबेला ज्यादै कुसल ड्राइभर पनि थिइनँ । जे होस्, आँटेर बिस्तारै गाडी अगाडि बढाएँ । धुलिखेलबाट तल पाँचखालमा झरेपछि इन्द्रावती नदी हो कि कुन हो – मेलम्चीतर्फबाट आउने नदीको किनारैकिनार हामीलाई सिन्धुपाल्चोक मेलम्ची पुग्नु थियो । दोबाटोमा हालका आएआईजी मदन खड्का हामीलाई कुरिरहेका थिए । सिन्धुपाल्चोकको प्रहरी प्रमुखका हैसियतले उनी पनि हामीसँगै जानेवाला थिए । मदन, अर्जुन र म तिनैजना एउटै ब्याचका अफिसर भएको हुँदा तीनजना एकैपल्ट भेट्दा हाम्रो खुसीको सीमा नै रहेन । एकछिन एक-अर्कालाई भेटेर उफि्रयौँ, हाँस्यौँ, प्रफुल्ल भयौँ ।
अब तीनजना भएपछि त सबै अगाडि बस्नै नसकिने भयो । त्यसैले मैले गाडी नचलाई पहाडी जाने निर्णय गरेँ र मदन तथा अर्जुनलाई राम्रो गाडी चलाउने ज्ञान भए गाडी चलाउन सक्ने बताएँ । अर्जुनले तत्कालै आफू गाडी चलाउन दक्ष भएको बताए । म पनि ढुक्क भएँ । अर्जुनलाई गाडीको स्टेरिङ दिएर म र मदन गफमा व्यस्त भयौँ ।
बाटो साँघुरो थियो र दाहिनेपट्ट ितल नदी बग्दै थियो । कुन मोडमा हो अर्जुनले गाडी बायाँ नच्यापी दायाँबायाँ लगेझैं लाग्यो । मैले उनलाई सचेत गराएँ तर हर्ेदाहर्ेर्दै अर्जुनले बाटोबाट गाडी तल झारे । जतै उनले गाडीको दायाँ पाङ्ग्रा झारे मैले झम्टेर स्टेरिङ बायाँ घुमाउन प्रयास गरेँ, गाडी केही बायाँ आउन खोजे पनि भिरालोमा झरिसकेको हुँदा कोल्टे परेर अड्कियो । म र मदनले झ्यालको सिसाबाट आकाश देख्यौँ । सबैको होस् उड्यो । मलाई आफ्नो ज्यानले भन्दा पनि खतरनाक हाकिमको खतरनाक आदेशको चिन्ता भयो । बल्लबल्ल ढोका खोलेँ म बाहिर निस्किएँ । गाडी एउटा बुटाजस्तोले अड्काएको रहेछ । तल अन्दाजी चालीस मिटरको भीरमुनि खोला रहेछ । हामी तीनैजना तल झर्‍यौँ । गाडी तान्न सकिने स्थिति थिएन । म हाकिम सम्झेर रुन मात्र सकिरहेको थिइनँ ।
कुनै तरिकाले ट्याक्टर र मान्छेहरूको सहयोगले हामीले गाडी माथि बाटोमा तान्यौँ । मैले वरिपरि निरीक्षण गरेँ, भगवान्को कृपाले गाडीमा कतै केही भएको रहेनछ । त्यसपछि भने मैले स्टेरिङ आफैं समात्ने निर्णय गरेँ । अर्जुनले बाटो चिप्लो भएकोले बे्रक लगाउँदा पनि गाडी नरोकिएकोे दलिल दिन थाले । मदनले मार्ने भए यिनले भन्दै अब पहिलाको झैं ढुक्कसँग गाडीमा बसेर गफ मात्र नगरी अगाडिको खतराबारे पनि सजग गराउन थाले । अर्जुन र मदनको बीचमा गाडी झर्नुको पछाडिको कारणमा छुट्टाछुट्टै तर्क पनि सामुन्ने आयो । जे होस्, हामी त्यसपछि निक्कै र्सतर्क भयौँ ।
आज त्यो घटना घटेको वर्षौं भइसक्यो तर पनि मलाई बेलाबेलामा त्यो घटना याद आइरहन्छ । अहिलेका राजनीतिक व्यक्ति भनिएकाहरूले देश चलाएको देख्दा त झन्झन् मलाई त्यो घटना ताजा भएर आउँछ । अहिलेको राजनीतिज्ञहरूले त्यसमा पनि पार्टीका शीर्षक भनिएमा अध्यक्षहरूले जसरी देशको गाडी चलाउन सक्छु भनेर नेपाली जनतालाई र पार्टीलाई विश्वास दिलाई देशलाई भने साँच्चिकै पहराबाट खसाल्ने जमर्को गर्दै छन् त्यो देख्दा त मलाई त्यो घटना झन्झन् ताजा हुन थालिरहेको छ ।
अहिले म त्यसबखत हाम्रो दुस्साहस र अहिलेका अध्यक्ष, प्रभावशाली, शीर्षस्थ भनिने नेताहरूको दुस्साहसलाई तुलना गरेर हर्ेदा समान पाउँछु । त्यतिबेला मलाई हाकिमले गाडी माथितल परे कारबाही गर्ने चेतावनी दिइसकेका थिए तर पनि ड्राइभर हुँदाहुँदै मैले आफ्नो खुसीका लागि गाडी आफंै चलाउने इच्छा गरे । मेरो त्यो इच्छा नै गलत थियो । त्यस कामका लागि ड्राइभर छँदै थियो नि । यसैगरी अहिलेका नेताहरूले पनि देशको शासन-व्यवस्था चलाउने प्रशासनिक प्रक्रिया पद्धति र त्यो पद्धतिका जानकार हुँदाहुँदै आफूले नै त्यो पद्धति चलाउने प्रयास गर्दै छन् । उनीहरू डाक्टरभन्दा ठूलो आफूलाई मेडिकलमा ज्ञान भएको ठान्दै छन् । सचिवभन्दा ठूलो प्रशासक आफैंलाई ठानिरहेका हुन्छ । नियनकानुनभन्दा ठूलो संविधान आफैंलाई मानिरहेका छन् । मलाई त्यस दिन हाकिमले गाडी चढ्ने अनुमति मात्र दिएका थिए न कि गाडीको मालिक बनाएका, तर मैले आफूलाई भने गाडीको मालिक ठानेर ड्राइभरलाई गाडी नदिई आफैं चलाउने र अर्कालाई समेत चलाउने अनुमति दिन थालेका कारण मेरो ज्यान झण्डै गएको थियो । त्यसैगरी अहिलेका नेताहरू नेपालमा प्रशासनतन्त्र मास्ने, देशलाई टुक्र्याउने, देशको ढुकुटीमा जथाभावी गर्ने गरेर मुलुकको सञ्चालन गर्न व्यस्त छन् । मलाई लाग्छ यसो गरेर उनीहरूले देशको मात्र होइन आफ्नै पनि दशा निम्त्याउँदै छन् किनकि इन्का गल्ती मेरैजस्तो छ ।
त्यस दिन त्यो गाडी झर्नुमा दोस्रो गल्ती अर्जुनको थियो । उनले आफ्नो गाडी चलाउने क्षमता निक्कै भएको बताए पनि वास्तवमा उनको क्षमता त्यति रहनेछ । चिप्लो आउनेबित्तिकै झारी दिइहाले । त्यसैगरी नेपालमा अहिले नेताहरू आफ्नो हैसियतभन्दा बढी गर्न सक्छु भनेर मुलुकलाई दर्ुघटनाग्रस्त पार्दै छन् । आफैं पार्टी हाक्न नसक्ने पार्टीलाई एक ढिक्कामा राख्न नसक्नेहरूलाई अध्यक्ष हुने इच्छा छ, संविधान बनाउन नसक्नेहरूलाई संविधानसभाको सभासद् हुने इच्छा छ, प्रधानमन्त्री भएर पनि मुलुकलाई समृद्धितर्फ लान नसक्नेलाई प्रधानमन्त्री हुने इच्छा छ, भ्रष्टाचार गर्न कुनै हालतमा नछोड्नेहरूलाई मन्त्री बन्ने इच्छा छ । उनीहरू म यो जिम्मेवारी सम्हाल्न काविल होइन पनि भनिरहेका छैनन् तर इच्छा गरेअनुसार जिम्मेवारी दिँदा मुलुकलाई असफल राज्यको खाडलमा जाकिदिन लागिसकेका छन् ।
त्यस दिन अर्को गल्ती गर्ने मदन थिए । उनी जुन गाडीमा थिए त्यो गाडी चलाउनेको क्षमता उनले जाँच गरेनन् । उनले गाडी चलाउनेलाई पूरा विश्वास गरे, नियन्त्रण गर्नुपर्ने अनुगमन गर्नुपर्ने ठानेनन् । त्यसैले उसले पनि झण्डै त्यस दिन वीरगति प्राप्त गरेथे ।
आज मदनले झैं नेपालका दुई करोड पचास लाख जनता यस्ता यिनै नेताबाट गाडी सुरक्षित हुने र आफू गन्तव्यमा पुग्ने विश्वास पालेर बसेका छन् । तर, मैले बुझ्न थालेको छु त्यो कुरा मदन र मैले अर्जुनमाथि गरेझैं विश्वास मात्र सावित हुनेछ । यी विश्वास गरिएका नेताहरूले गाडी झारिसके । र्झन लागेको पनि होइन झारिसके, केवल बुटाले अड्याइएको छ यो देशलाई । त्यसैले मलाई लाग्छ- अहिले यो मुलुक चलाउन दिने र चलाउने दुवै गल्ती गर्दै छौँ । त्यसको भयानक परिणाम पनि छिट्टै भोग्नेवाला छौँ । त्यो परिणाम भोखमरी र त्रास मात्र होइन, गृहयुद्धको चपेटाबीच हाम्रा र हाम्रो परिवारको मृत्यु पनि हुनसक्छ ।