गुणस्तरीय सेवा उपलब्ध गराउँदै क्यान्सर अस्पताल

गुणस्तरीय सेवा उपलब्ध गराउँदै क्यान्सर अस्पताल


नेपाल क्यान्सर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालको पाँचौँ वार्षिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. बच्चुकैलाश कैनीले यस अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए । बिरामीले अधिकतम लाभ लिन सकुन् भनेर अस्पतालको सेवा र सुविधा अझै बढाइने उनको प्रतिबद्धता थियो ।

सो अस्पतालबाट चालु आर्थिक वर्षमा सात हजार ९० नयाँ बिरामीले सेवा लिएका छन् । त्यस्तै २६ हजार ६४० बिरामी पुन स्वास्थ्य परिक्षणमा आएका छन् ।

अस्पतालले कर्मचारीको प्रोत्साहनस्वरुप अस्पतालका सबै कर्मचारीलाई एक लाखको बीमा गर्नुका साथै रु १० लाखको दुर्घटना बीमाको योजना सुरु गरेको उनले बताए । सोही अवसरमा अस्पतालको स्मारिका ‘आशा’ पत्रिका २०७९ को विमोचन पनि गरिएको छ ।