आजको पञ्चाङ्ग एवम् राशिफल (२२ जेठ २०७९ आइबार, ५ जुन २०२२)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ जेठ २०७९ आइबार, ५ जुन २०२२)


■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ ज्येष्ठ २२ गते आइतबार तद्अनुसार सन् २०२२ जुन ५ तारिख ज्येष्ठ शुक्लपक्षको षष्ठी तिथि अश्लेषा नक्षत्र व्याघ्यात योग कौलव करण आनन्दादिमा बज्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५५ मा हुनेछ । कुमारषष्ठी, विश्व वातावरण दिवस ।

आजको राशिफल

मेष – भागदौड वृद्धि हुनेछ । यात्रामा सफलता प्राप्त हुने भए पनि आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । साहसिक कार्य बन्ला । मिठो भोजन खान पाउनुहुनेछ ।

वृष – नयाँ सम्भावना देखापर्नेछ । रसरागमा मन जाला । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान-सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला । तथापि, आज रोकिएका काम बनी नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । बहुमूल्य धातु संग्रह गरिएला । मिठो भोजन प्राप्त हुनेछ । ऋण रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

मिथुन – समय फलदायी नै छ । प्रेममा आकर्षण बढ्नेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । राजनीतिक पहुँच बढ्नेछ । तर पनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनुहोला । धनसम्पत्तिको आगमन भैरहने छ । व्यस्तता पनि बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । यात्रामा सफलता हासिल हुनेछ ।

कर्कट – दिन सामान्य नै छ । व्यस्तता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ । काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई कार्य गर्नु हितकर हुनेछ ।

सिंह – ग्रहगोचर मिश्रित फलदायक रहला । सुख आरोग्यता र सौभाग्य बढ्ला । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला । सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीयजनसँग भेटघाट हुनेछ । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । यात्रामा सफलता प्राप्त होला । सुखसुविधासित सम्बन्धित काममा सफलता मिल्नेछ ।

कन्या – आयस्रोत बढ्नेछ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । कार्यमा सफलता मिल्नेछ । रसराग मन जाला । रोकिएको काम बन्नुसँगै रोकिएको धन उठ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

तुला – कार्यगति बढेपनि पतिपत्नीबीच असमझदारी पैदा हुने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । यसका बाबजुद समस्याको समाधान मिल्नेछ । इष्टमित्र सन्तानको साथ मिल्नेछ । अरुको भरमा नबसी आफ्नै बलविवेकले काम गर्नु उचित होला । साझेदारीको काम बन्नेछ ।

वृश्चिक – यात्रापरक कार्य बन्ला, तर अरुमाथि भर पर्नु उचित हुनेछैन । आफन्त, परिवारजनमा आत्मीयभाव बढे पनि जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधाको योग छ । बन्धुबान्धवमा केही असमझदारी बढ्ने सम्भावना छ । आज समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिन बाध्य हुनुपर्ला । यात्रामा सफलता प्राप्त हुनेछ ।

धनु – साहसिक काम बन्नेछ । आशा उत्साह बढ्ला । लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । लेखन प्रकाशन, कला, साहित्य आदिसित सम्बन्धित कार्यमा सफल हुनुहुनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । वार्तामा सफलता मिल्ला । पारिवारिक स्थितिमा सुधार हुनेछ ।

मकर – आरोग्यता बढ्ला । बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा भने राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । शत्रुलाई जित्ने क्षमता बढ्नेछ । मिठो भोजन मिल्नेछ । हांसविलासमा रुचि बढ्ला । मनोकूलको काम बन्नेछ । सभा–समारोहमा मान पुरस्कार मिल्नेछ । वार्तामा सफलता प्राप्त होला ।

कुम्भ – खेलकूद भ्रमण कार्यमा आकर्षण बढ्नेछ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर-जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तथापि, समस्याको समाधान मिल्नेछ । भोगविलासप्रति रुचि बढ्ला । मित्रमिलन हुनेछ ।

मीन – खेलकुद भ्रमणमा रुचि बढ्ला । आज चोटपटकसम्बन्धी समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला । आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । वार्तामा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ । मिठो भोजन मिल्ला ।