करौतीडाँडामा वृक्षारोपण

करौतीडाँडामा वृक्षारोपण


विश्व वातावरण दिवसका अवसरमा दाङको करौतीडाँडामा आज एक कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय दाङ, उर्जा बिकास कम्पनी र घोराही उमनपाको संयुक्त आयोजन र सहकार्यमा वृक्षारोपण कार्यक्रम गरि वातावरण दिवस मनाइएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

घोराही उपहानगरपालिका वडा नं १६ करौतीडाँडामा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीको सभापतित्व एवम् लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वीरबहादुर रानाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनबहादुर श्रेष्ठले कार्यालयमार्फत जिल्लामा यो बर्ष वन तथा वातावरणका क्षेत्रमा भइरहेका मुख्यमुख्य गतिबिधिबारे प्रकाश पारेका थिए भने कपुर, कल्किफुल, पारिजात,दालचिनि र धुपीसल्लाका ५० वटा बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।