दुर्घटनामा एकीकृत समाजवादीका नेता चौधरीको निधन

दुर्घटनामा एकीकृत समाजवादीका नेता चौधरीको निधन


सप्तरीमा सोमबार साँझ भएको सवारी दुर्घटनामा नेकपा (एकीकृत समाजवादी)का नेता रामनारायण चौधरीको निधन भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका-५ स्थित खरचुहिया सडक खण्डमा चौधरी सवार स. १० प ४६११ नंको स्कुटरलाई ना.६ख ६३९९ नंको ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रकका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

सुरुङ्गा नगरपालिका निवासी ६८ वर्षीय चौधरी गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट सुरुङ्गा नगरपालिकाको नगरप्रमुख पदमा उम्मेदवार रहेका थिए । चौधरी समाजवादी पार्टीको जिल्ला कमिटी सदस्यसमेत थिए ।