राप्रपाद्वारा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी

राप्रपाद्वारा विभिन्न नेतालाई विभागीय प्रमुखको जिम्मेवारी


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक विभागको प्रमुखमा उपाध्यक्ष बुद्धिमान तामाङलाई नियुक्त गरेका छन् ।

अध्यक्ष लिङ्देनले पार्टीको विधानबमोजिम प्रशिक्षण विभाग प्रमुखमा अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई नियुक्त गरेको प्रचार विभाग सदस्य–सचिव सुन्दर पाण्डेले जानकारी दिएका छन् ।

यस्तै, राप्रपाको सङ्गठन विभाग प्रमुखमा महामन्त्री डा. धवलशम्शेर राणा, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अर्का महामन्त्री भुवन पाठक र स्वास्थ्य विभाग प्रमुखमा डा. रामप्रसाद उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।