- मोहन लामा रुम्बा
‘थप्पड काण्ड नचर्काउ है… घुसपैठ भैसकेको छ !’ क्रिश्चियन संस्थाबाट फण्डिङ भएको एक संस्थाका अध्यक्ष बनेका एकजना तामाङ समुदायका व्यक्तिले बौद्ध महासंघको कार्यालयमा गएर लामाहरूको भीडलाई उत्तेजित पार्दै बोलेको भिडियो देखियो । त्यो ब्यक्ति र भिडियो देखेपछि म सतर्क भएँ । हुन सक्छ- उता मगर संघलाई पनि त्यस्तै गरेका होलान् । उता मगरको नाउँमा खोलेका संघ-संस्थामा रहेकाहरूले पनि भन्दै होलान्- ‘मगरहरूको एउटी चेलीबेटीमाथि यत्रो अन्याय हुँदा पनि हामी मगरहरू बोल्नु पर्दैन ? अहिलेसम्म कसको के हेरेर बसेको ?’ यस्तै भन्दै उचाल्दै गरेका होलान् !!
सतर्कता हुनुपर्ने त्यहाँ मात्रै होइन, जब-जब बुद्धको मुर्ति तोडफोड हुन्छ सबैभन्दा पहिला बुद्धको मुर्ति तोडफोड गरेको भन्दै जसले पहिला आन्दोलन जुलुसको आयोजना गर्छ त्यही ब्यक्ति सोही संस्थाबाट अनुसन्धान गऱ्यो भने बुद्धको मुर्ति तोडफोड गर्नेको जरो पत्तो लगाउन सकिन्छ । किनभने अपराध अनुसन्धानको प्रारम्भिक नियम हो- अपराधको पहिलो साक्षी प्रत्यक्षदर्शी र सबैभन्दा बढी त्यो केसमा चासो राख्नेबाट गरिन्छ ।
एउटा हातले राति बुद्धको मुर्ति तोडफोड गर्ने अनि दिउँसो अर्को हात उचाल्दै ‘यो मुर्ति तोडफोड गर्ने पक्कै हिन्दु नै हुनुपर्छ अरु त कसले गर्ला र होइ !’ भन्दै बौद्ध समुदायलाई उचाल्ने खेल नेपालमा सुरु भएको छ ।
श्रीलंकामा त यस्तो खेल नयाँ होइन, नेपालमा चाहिँ भर्खर-भर्खर नयाँ ‘खेल’ हो । भिडले भनौँ वा सर्वसाधारणले देशीविदेशी शक्तिराष्ट्रहरूको जातीय धार्मिक द्वन्द्व गराउने षड्यन्त्रको सिद्धान्तको ‘खेल’ बुझेको हुन्न त्यसैले सबैभन्दा पहिला हामी एकापसमा सतर्कता नै यसको औषधि हो ।
अन्तमा, म अझै पनि भन्छु- लामा निर्दोष थिए, भिक्षु भएर सिनेमा हेर्न जानु सेल्फी लिन खोज्नु, गल्ती हुन सक्छ तर त्योभन्दा भयंकर गल्ती त ती बौद्ध संघको आइडेन्टिटी बोकेर गएर माफी मगाएको कागजातमा हस्ताक्षर गरेर आउने अर्को टाठाबाठा लामाहरूले गरेको छ । महिलामाथिको दुव्र्यवहार भएको हो भने यौनहिंसा भएको हो भने त लामा होस् कि राजा-महाराजा नै होस् कानुन सबैलाई लाग्छ, तिनलाई त प्रचलित कानुनअनुसार कार्वाही पो हुनुपर्छ माफी मागेर उन्मुक्ति पाइन्छ ?
त्यसैले जे नहुनु पर्ने थियो भयो, भैसक्यो । कागजातमा लामाहरूले तात्तातो चर्पीमा गएर आलो दिसा खाइसकेको छ, खुवाउनेले खुवाइसकेको छ, खानेले मिठो मानी-मानी ल्यापल्याप दिसा चाटिसकेको छ, अब बाहिर तपाईं-हामी जतिसुकै कराएर पनि तिनको दिसा खाएको मुख हामीले जति धोए पनि दुर्गन्ध नै आउँछ ।
त्योभन्दा यो बितेको घटनालाई एउटा नराम्रो ‘पाठ’को रूपमा सिकेर त्यो कागजातमा सहि गर्ने जो-जो गेरुवा वस्त्रमा रहेका टाठा-बाठा अपराधीहरू छन् ती सबैलाई बौद्ध समुदायबाट सार्वजनिक बाहिस्कार गरौँ !
तिनीहरू सामेल हुने कुनै पनि धार्मिक साँस्कृतिक कार्यक्रम बाहिष्कारको घोषणा गरौँ ! तिनीहरूको तस्बिर सामाजिक संजालमा राखेर बौद्ध धर्मभित्रका कुलङ्गार यिनीहरू हुन् सबैले चिन्नु है भनेर प्रचारप्रसार गरौँ । तर त्योभन्दा बढी यो मुद्दामा बाहिर आएर उफ्रनुको अब कुनै अर्थ र तुक हुन्न बाँकी सबै कागज बोल्छ, मान्छे बोलेर फाइदा छैन ।
अबको फाइदा भनेको नेपालमा जातीय द्वन्द्व ल्याउन चहानेहरूलाई मौका दिएको जस्तो मात्रै हुन्छ, त्यसैले हाम्रो आफ्नो घरभित्र लुकेर बसेको हरियो साँपको रूपमा गेरुवा वस्त्र लगाएर बस्ने जो-जो छन् तिनीहरूलाई बौद्ध समुदायबाट पूरै बहिष्कार गर्न थाल्यौँ भने यस्तो दुर्घटनाबाट आगामी दिनमा जोगाउन सकिन्छ, सबैलाई चेतना भया ।
प्रतिक्रिया