ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु


  • विकाश रौनियार, धादिङ

धादिङमा ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । धुनिवेशी नगरपालिका-६ चालिसेमा गएराति ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको हो ।

गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना. ८ ख ५१ ७३ नम्बरको ट्रकको ठक्करबाट गएराति साढे ९ बजे गम्भीर घाइते भएकी विकको उपचारको क्रममा ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ ।